छात्रवृत्ति कार्यक्रमका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना!!!
प्रथम पटक प्रकाशित मिति : २०८३/०८/१०
गण्डकी प्रदेश सरकार
सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालय
शिक्षा विकास महाशाखा
बगर, पोखरा
छात्रवृत्ति कार्यक्रमका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना!!!
प्रथम पटक प्रकाशित मिति : २०८३/०८/१०
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विकास महाशाखा गण्डकी प्रदेश, पोखराबाट आर्थिक वर्ष २०८३/८४ मा तपसिल बमोजिमका छात्रवृत्ति कार्यक्रम कार्यान्वयन सम्बन्धमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८३ बमोजिम उक्त मापदण्डमा उल्लिखित आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिन भित्र महाशाखाको वेबसाईटमा उपलव्ध लिङ्क मार्फत Google form भरेर वा महाशाखामा निवेदन सहितको सक्कल फाइल पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
नोटः निवेदनको ढाँचा, Google form links, QR Code, निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु, मूल्याङ्कनका आधारहरु लगायत थप जानकारीका लागि महाशाखाको वेबसाइट edd.gandaki.gov.np बाट प्राप्त गर्न सकिनेछ। अपाङ्गता भएका विद्यार्थीले आवश्यकता अनुसार भौतिक रुपमा उपस्थित भएर पनि निवेदन दिन सकिनेछ भने अन्य सबैखालका छात्रवृत्तिका लागि अनलाईन माध्यमबाट मात्र फर्म भर्नुहुन सूचित गरिन्छ।
तपसिलः
|
क्र.सं. |
कार्यक्रमको नाम |
प्रस्ताव पेश गर्न पाउने |
छात्रवृत्ति रकम |
|
१ |
छात्रवृत्ति कार्यक्रम (कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने, अपाङ्ग उच्च शिक्षा, दलित उच्च शिक्षा प्रोत्साहन तथा विपन्न उच्च शिक्षा छात्रवृत्ति) |
1. गण्डकी प्रदेशको स्थायी बासिन्दा भई यसै प्रदेश अन्तर्गतका सामुदायिक शिक्षण संस्थामा माध्यमिक तह कक्षा ११-१२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरू 2. गण्डकी प्रदेशको स्थायी बासिन्दा भएका स्नातक र स्नातकोत्तर तह (सबै वर्ष/तह र सेमेष्टेर) अध्ययनरत दलित र विपन्न विद्यार्थीहरु |
|
|
२ |
सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम |
गण्डकी प्रदेशको स्थायी बासिन्दा भएका स्नातक र स्नातकोत्तर तह (सबै वर्ष/तह र सेमेष्टेर) अध्ययनरत विद्यार्थीहरु |
प्रति विद्यार्थी रु. २० हजार ।
|
|
3 |
अपाङ्गता भएका विद्यार्थीका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम |
गण्डकी प्रदेशको स्थायी बासिन्दा भई स्नातक वा स्नातकोत्तर तह (सबै तह /वर्ष र सेमेष्टर) मा अध्ययन गर्नेका अपाङ्गता भएका विद्यार्थीहरू |
क वर्ग – रु. २५ हजार ख वर्ग – रु २० हजार ग वर्ग – रु. १५ हजार घ वर्ग – रु १० हजार |
निवेदन पेश गर्दा ध्यान दिनुपर्ने कुराहरुः
१. निवेदन तोकिएको ढाँचामा पूर्ण रुपमा भरिएको हुनुपर्नेछ, तोकिएको ढाँचा भन्दा फरक तरिकाले र पूर्ण रुपमा नभरिएका निवेदनहरु मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन, अनलाईन माध्यमबाट पेश गरिने सम्पुर्ण कागजातहरु सम्बन्धित व्यक्तिले प्रमाणित गरेर मात्र पेश गर्नुपर्नेछ।
२. गुगल फर्म मार्फत प्रस्ताव पेश गर्ने विद्यार्थीहरुले फर्ममा तोकिएका सबै विवरण पूर्ण रुपमा भरी तोकिएका सबै कागजात संलग्न गर्नुपर्नेछ।
३. अपाङ्गता भएका विद्यार्थीले स्थानीय तहबाट जारी भएको अपाङ्गता परिचय पत्र अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ।
४. अन्य आवश्यक कागजातहरु सम्बन्धीत छात्रवृत्ति निवेदन फाराममा उल्लेख गरिए बमोजिम हुनेछन्।