प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना!!!

प्रथम पटक प्रकाशित मिति : २०८३/०५/१८

गण्डकी प्रदेश सरकार

सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालय

शिक्षा विकास महाशाखा

बगर, पोखरा

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना!!!

प्रथम पटक प्रकाशित मिति : २०८3/०5/1८

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विकास महाशाखा, गण्डकी प्रदेश पोखराबाट चालु आर्थिक वर्ष २०८3/084 मा तपसिल बमोजिमका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८3 बमोजिम उक्त मापदण्डमा उल्लिखित आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र महाशाखाको वेबसाईटमा उपलव्ध लिङ्क मार्फत Google form भरी वा शिक्षा विकास महाशाखा, बगरमा सक्कल फाइल सहितको प्रस्ताव पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल

१. माध्यमिक विद्यालयमा STEM Lab स्थापना र सञ्चालन अनुदान।

२. साधारण तथा प्राविधिक धार सञ्चालन भएका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन।

३. गण्डकी डिजिटल शिक्षा कार्यक्रम।

४. विद्यालय हरित क्षेत्र वातावरण प्रवर्द्धन कार्यक्रम।

नोटः  प्रस्तावको ढाँचा, Google form links, प्रस्ताव साथ पेश गर्नुपर्ने कागजातहरु र मूल्याङ्कनका आधारहरु लगायत थप जानकारीका लागि शिक्षा विकास महाशाखाको वेबसाइट edd.gandaki.gov.np बाट प्राप्त गर्न सकिनेछ। थप जानकारीका लागि सम्पर्क नं  9846083863 वा 9856033813।

प्रस्ताव पेश गर्दा ध्यान दिनुपर्ने कुराहरुः

१. प्रस्तावहरु तोकिएको ढाँचामा पूर्ण रुपमा भरिएको हुनुपर्नेछ, तोकिएको ढाँचा भन्दा फरक तरिकाले र पूर्ण रुपमा नभरिएका प्रस्तावहरु मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन, अनलाईन माध्यमबाट पेश गरिने सम्पुर्ण कागजातहरु प्रमाणित गरेर मात्र पेश गर्नुपर्नेछ।

२. गुगल फर्म मार्फत प्रस्ताव पेश गर्ने विद्यालयहरुले फर्ममा तोकिएका सबै विवरण पूर्ण रुपमा भरी तोकिएका सबै कागजात Attach गर्नुपर्नेछ, विद्यालयहरुको प्रस्ताव नेपाली युनिकोड फन्टमा हुनुपर्नेछ।

३. प्रस्ताव साथ पेश गर्नुपर्ने भनी तोकिएका कागजातहरु अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ।

४. साझेदारी गर्नुपर्ने भनी तोकिएका कार्यक्रमका लागि साझेदारीको प्रतिशत स्पष्ट रूपमा खुलाईएको निर्णय र सिफारिस पत्र अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ, अन्यथा मूल्याङ्कन प्रकृयामा समावेश गरिनेछैन।

५. चालु शैक्षिक सत्रको विद्यार्थी सङ्ख्या एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली बमोजिम स्थानीय तहबाट प्रमाणित भए बमोजिम पेश गर्नुपर्नेछ।

दरखास्त दिनको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्।