This site is under construction.

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३

अपाङ्ग उच्च शिक्षा छात्रवृत्तिको लागि निवेदन पेश गर्ने सूचना!!!

अपाङ्ग उच्च शिक्षा छात्रवृत्तिको लागि निवेदन पेश गर्ने सूचना!!! (प्रथम पटक प्रकाशित मिति : २०८१/०९/२०)

अपाङ्ग उच्च शिक्षा छात्रवृत्तिको लागि निवेदन पेश गर्ने सूचना!!!

गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

शिक्षा विकास निर्देशनालय, पोखरा

अपाङ्ग उच्च शिक्षा छात्रवृत्तिको लागि निवेदन पेश गर्ने सूचना !!!

प्रथम पटक प्रकाशित मिति : २०८१/०९/२०

चालु आर्थिक वर्ष २०८१/८२ को अपाङ्ग उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम कार्यान्वयन सम्बन्धमा चालु आ.व. २०८१/८२ मा स्नातक वा स्नातकोत्तर तह प्रथम वर्ष वा सेमेष्टरमा भर्ना भई अध्ययन गरिरहेको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८१ मा उल्लिखित तपसिलका कागजातहरु सहित यो सूचना प्रकाशन भएको २१ (एक्काइस) दिनभित्र यस निर्देशनालयमा निवेदन पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

 अनिवार्य संलग्न गर्नुपर्ने कागजातहरु

  1. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  2. अपाङ्गताको प्रकार (वर्ग) खुलेको अपाङ्गता परिचय पत्रको प्रतिलिपि,
  3. बसाईँसराइ भई यस प्रदेशमा बसोवास भएको भए बसाईँसराइ प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  4. कक्षा १२ तथा स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्टको प्रमाणित प्रतिलिपि (विदेशी बोर्डवाट उत्तीर्ण भएको भए समकक्षताको प्रमाणपत्र),
  5. कक्षा १२ उत्तीर्ण शैक्षिक संस्था सामुदायिक/सार्वजनिक हो भनी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकार्इ तथा स्नातक उत्तीर्ण संस्था सामुदायिक/सार्वजनिक हो भनी सम्बन्धित क्याम्पसले प्रमाणित गरेको पत्र,
  6. चालु आ.व. २०८१/८२ मा स्नातक वा स्तानकोत्तर तह प्रथम वर्ष वा सेमेष्टरमा भर्ना भई अध्ययन गरिरहेको र दोहोरो छात्रवृत्ति प्राप्त नगरेको भन्ने व्यहोराको सम्बन्धित कलेजको पत्र,
  7. स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस,
  8. दलित वर्गको भएमा प्रमाण खुल्ने कागजात,
  9. सम्बन्धित विद्यार्थीको नाममा भएको बैँक विवरण ।

सम्पर्कका लागि:

शाखा अधिकृत प्रकाश ओझा-९८५६०37169,

प्राविधिक सहायक राजकुमार गौतम-९८६६०५८००१