प्रस्ताव पेश गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना!!!

(दोस्रो पटक प्रकाशित मिति : २०८३/०६/१२)

गण्डकी प्रदेश सरकार

सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालय

शिक्षा विकास महाशाखा

बगर, पोखरा

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८3/०5/1८

दोस्रो पटक प्रकाशसित मितिः 2083/06/12

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विकास महाशाखा, गण्डकी प्रदेश पोखराबाट चालु आर्थिक वर्ष २०८3/084 मा सञ्चालन हुने तपसिल बमोजिमका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८3 बमोजिम आधार पूरा भएका विद्यालयहरुले आवश्यक कागजातहरु सहित सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र प्रस्ताव पेश गर्न सूचना प्रकाशन गरिएकोमा प्रयाप्त सङ्ख्यामा प्रस्ताव प्राप्त नभएकोले पुनः सूचना प्रकाशन गरिएको छ ।सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विकास महाशाखाको वेबसाईटमा उपलव्ध लिङ्क मार्फत Google form भरेर वा महाशाखामा प्रस्ताव सहितको सक्कल फाइल पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल

1. साधारण तथा प्राविधिक धार सञ्चालन भएका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम।

2. गण्डकी डिजिटल शिक्षा कार्यक्रम।

3. विद्यालय हरित क्षेत्र वातावरण प्रवर्द्धन कार्यक्रम।

नोटः  प्रस्तावको ढाँचा, Google form links, प्रस्ताव साथ पेश गर्नुपर्ने कागजातहरु र मूल्याङ्कनका आधारहरु लगायत थप जानकारीका लागि शिक्षा विकास महाशाखाको वेबसाइट edd.gandaki.gov.np बाट प्राप्त गर्न सकिनेछ। थप जानकारीका लागि सम्पर्क नं  9846083863 वा 9856033813।

प्रस्ताव पेश गर्दा ध्यान दिनुपर्ने कुराहरुः

  • प्रस्तावहरु तोकिएको ढाँचामा पूर्ण रुपमा भरिएको हुनुपर्नेछ, तोकिएको ढाँचा भन्दा फरक तरिकाले र पूर्ण रुपमा नभरिएका प्रस्तावहरु मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन, अनलाईन माध्यमबाट पेश गरिने सम्पुर्ण कागजातहरु प्रमाणित गरेर मात्र पेश गर्नुपर्नेछ।
  • गुगल फर्म मार्फत प्रस्ताव पेश गर्ने विद्यालयहरुले फर्ममा तोकिएका सबै विवरण पूर्ण रुपमा भरी तोकिएका सबै कागजात Attach गर्नुपर्नेछ, विद्यालयको नाम अनिवार्य रुपमा नेपाली युनिकोड फन्टमा भरिएको हुनुपर्नेछ।
  • प्रस्ताव साथ पेश गर्नुपर्ने भनी तोकिएका कागजातहरु अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ।
  • साझेदारी गर्नुपर्ने भनी तोकिएका कार्यक्रमका लागि साझेदारीको प्रतिशत खुलाईएको निर्णय र सिफारिस पत्र अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ, अन्यथा मूल्याङ्कन प्रकृयामा समावेश गरिनेछैन।
  • चालु शैक्षिक सत्रका विद्यार्थी सङ्ख्या एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली बमोजिम स्थानीय तहबाट प्रमाणित भए बमोजिम पेश गर्नुपर्नेछ।

दरखास्त दिनको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्।