महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पारु - १

छात्रवृत्तिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना!!!

प्रथम पटक प्रकाशित मिति: २०८२/०९/२९

छात्रवृत्तिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना!!!

गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

शिक्षा विकास निर्देशनालय

पोखरा

छात्रवृत्तिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना!!!

प्रथम पटक प्रकाशित मिति : २०८२/०९/२९

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र मातहतका कार्यालयबाट सञ्चालन हुने शिक्षा, भाषा, संस्कृति र पुरातत्व संरक्षण सम्बन्धी वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन मापदण्ड २०८२ बमोजिम गण्डकी प्रदेशभित्र स्थायी बसोवास गर्ने विद्यार्थीहरूले तपशिल बमोजिमका छात्रवृत्ति प्राप्तिका लागि  सोही मापदण्डमा उल्लिखित कागजात सहित मिति २०८२/११/०४ गते भित्र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विकास महाशाखा, गण्डकी प्रदेश, बगर पोखरामा सक्कलै निवेदन पेश गर्नुहुन (स्वीकृत मापदण्डको अनुसूचीमा भएको सम्बन्धित छात्रवृत्तिको लागि निर्धारित अनुसूचीको ढाँचामा) वा उपलब्ध गराइएको लिङ्कमा गई गुगल फाराम भर्नुहुन जानकारी गराइन्छ । स्वीकृत मापदण्ड र अन्य थप जानकारी यस मन्त्रालय (mosd.gandaki.gov.np) र शिक्षा विकास महाशाखाको वेबसाइट edd.gandaki.gov.np मा हेर्न सकिने

(सूचना एवंम् अनुसुचीको Softcopy डाउनलोडको लागि क्लिक गर्नुहोस् ।)

तपशिल:

१. कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति

Online Form भर्न यो लिङ्कमा क्लिक गर्नुहोस

२. उच्च शिक्षा अध्ययन गर्ने दलित र विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति

Online Form भर्न यो लिङ्कमा क्लिक गर्नुहोस

३. अपाङ्ग उच्च शिक्षा छात्रवृत्ति

Online Form भर्न यो लिङ्कमा क्लिक गर्नुहोस​​​

१. कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति

निवेदन पेश गर्न सक्ने विद्यार्थी

निवेदन साथ पेश गर्नुपर्ने कागजात

गण्डकी प्रदेशभित्र स्थायी बसोबास भई कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी ।

छात्रवृत्ति रकमः प्रति विद्यार्थी रू. १० हजार ।

 

 

  1. मापदण्डको अनुसूची-२७ अनुसारको ढाँचामा निवेदन,
  2. जन्मदर्ता वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,(नागरिकता निकाल्ने उमेर नपुगेको अवस्थामा जन्मदर्ता प्रमाणपत्र)
  3. भर्ना भई विज्ञान विषय नियमित रुपमा अध्ययनरत रहेको प्रमाण खुल्ने र दोहोरो छात्रवृत्ति प्राप्त नगरेको भन्ने व्यहोराको सम्बन्धित शिक्षण संस्थाको पत्र र स्व: घोषणापत्र,
  4. अपाङ्गताको हकमा स्थानीय तहबाट जारी भएको अपाङ्ग परिचयपत्रको प्रतिलिपि,
  5. दलितको हकमा दलित भएको प्रमाणित प्रतिलिपि,
  6. कक्षा १०  अध्ययन गरेको शैक्षिक संस्था संस्थागत वा सामुदायिक कुन हो सो खुल्ने सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको पत्र,
  7. माध्यमिक शिक्षा परीक्षा (SEE) को लब्धाङ्क पत्र (Grade Sheet) को प्रतिलिपि,
  8. विपन्नको हकमा सम्बन्धित स्थानीय तहबाट परिवारको वार्षिक आय खुलेको सिफारिस
  9. बसाईसराईँ भई यस प्रदेशमा बसोबास गरेको भए बसाईँसराईँको प्रमाणपत्रको प्रतिलिपी
  10. सम्बन्धित विद्यार्थीको नाममा भएको बैंक विवरण (चेकको पत्ता)

२. उच्च शिक्षा अध्ययन गर्ने दलित र विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति

निवेदन पेश गर्न सक्ने विद्यार्थी

निवेदन साथ पेश गर्नुपर्ने कागजात

गण्डकी प्रदेशभित्र स्थायी बसोबास भई उच्च शिक्षा अध्ययनरत दलित वा विपन्न विद्यार्थीहरू ।

छात्रवृत्ति रकमः प्रति विद्यार्थी रू १५ हजार ।

 

  1. मापदण्डको अनुसूची २७ अनुसारको ढाँचामा निवेदन,
  2. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3. भर्ना भई नियमित अध्ययन गरिरहेको प्रमाण खुल्ने र दोहोरो छात्रवृत्ति प्राप्त नगरेको भन्ने व्यहोराको सम्बन्धित शिक्षण संस्थाको पत्र र स्व: घोषणापत्र,
  4. दलित विद्यार्थीको हकमा दलित भएको प्रमाणित प्रतिलिपि,
  5. विपन्न विद्यार्थीको हकमा परिवारको वार्षिक आय खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस,
  6. अध्ययनरत तहभन्दा तल्लो तहको ट्रान्सक्रिप्ट वा  लब्धाङ्क पत्रको (Grade Sheet) प्रतिलिपि, (ट्रान्सक्रिप्टः पहिलो वर्ष पहिलो सेमेष्टर अध्ययन गर्नको हकमा)
  7. बसाईसराईँ भई यस प्रदेशमा बसोबास गरेको भए बसाईँसराईँको प्रमाणपत्रको प्रतिलिपी
  8. सम्बन्धित विद्यार्थीको नाममा भएको बैंक विवरण (चेकको पत्ता)

३. अपाङ्ग उच्च शिक्षा छात्रवृत्ति

निवेदन पेश गर्न सक्ने विद्यार्थी

निवेदन साथ पेश गर्नुपर्ने कागजात

गण्डकी प्रदेशभित्र स्थायी बसोबास भई स्नातक वा स्नातकोत्तर तह (Bachelor or Master Degree) अध्ययनरत अपाङ्गता भएका  विद्यार्थीहरू ।

छात्रवृत्ति रकमः प्रति विद्यार्थी "" बर्ग रू ३० हजार, "" बर्ग रू १२ हजार, ""  बर्ग रू ८ हजार र ""  वर्ग रू ५ हजार  ।

  1. मापदण्डको अनुसूची ३० अनुसारको ढाँचामा निवेदन,
  2. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3. भर्ना भई नियमित अध्ययन गरिरहेको प्रमाण खुल्ने र दोहोरो छात्रवृत्ति प्राप्त नगरेको भन्ने व्यहोराको सम्बन्धित शिक्षण संस्थाको पत्र र स्व: घोषणापत्र,
  4. स्थानीय तहबाट जारी अपाङ्गताको परिचयपत्रको प्रतिलिपि,
  5. दलितको हकमा सम्बन्धित निकायबाट जारी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  6. कक्षा १२ मा अध्ययन गर्ने शैक्षिक संस्था संस्थागत वा सामुदायिक कुन हो सो खुल्ने सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको पत्र,
  7. अध्ययनरत तहभन्दा तल्लो तहको ट्रान्सक्रिप्ट वा  लब्धाङ्क पत्रको (Grade Sheet) प्रतिलिपि, (ट्रान्सक्रिप्टः पहिलो वर्ष पहिलो सेमेष्टर अध्ययन गर्नको हकमा)
  8. बसाईसराईँ भई यस प्रदेशमा बसोबास गरेको भए बसाईँसराईँको प्रमाणपत्रको प्रतिलिपी
  9. सम्बन्धित विद्यार्थीको नाममा भएको बैंक विवरण (चेकको पत्ता)