छात्रवृत्तिका लागि नपुग कागजात पेश गर्ने सम्बन्धी सूचना!!!
(सूचना प्रकाशित मितिः २०८२।१२।१८ गते बुधबार)
गण्डकी प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
शिक्षा विकास महाशाखा, पोखरा
छात्रवृत्ति कार्यक्रमका लागि निवेदन पेश गरेका विद्यार्थीहरुले नपुग कागजात पेश गर्ने सम्बन्धी सूचना
मितिः २०८२/१२/१८ गते बुधबार
प्रस्तुत विषयमा यस महाशाखाको वार्षिक कार्यक्रममा समावेश भएको छात्रवृत्ति कार्यक्रम (कक्षा ११-१२ मा विज्ञान विषय, दलित उच्च शिक्षा तथा विपन्न उच्च शिक्षा छात्रवृत्ति) कार्यान्वयनका लागि निवेदन पेश गरेका विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरुले मापदण्ड/सूचनामा उल्लेखित कागजातहरु पूरा नगरेको पाईएकोले मिति २०८२/१२/२५ गते कार्यालय समय भित्रमा नपुग कागजातहरु महाशाखाको वेबसाईट edd.gandaki.gov.np मा रहेको गुगल फारामबाट अपलोड गर्नुहुन अनुरोध गरिन्छ । कागजात पूरा गर्न गराउन अभिभावक, विद्यालय, सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइ लगायतका निकायहरुले आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।
नोटः तोकिएको मिति भित्रमा कागजात पूरा नगरेका विद्यार्थीका निवेदन मूल्याङ्कन प्रक्रियामा समावेश गर्न नसकिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
नपुग कागजात हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्
१-कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले छात्रवृत्तिका लागि नपुग कागजात
२-दलित उच्च शिक्षा तथा विपन्न उच्च शिक्षा छात्रवृत्तिका लागि नपुग कागजात
नपुग कागजात बुझाउनको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्
१-कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले छात्रवृत्तिका लागि नपुग कागजात पेश गर्न
२-दलित उच्च शिक्षा तथा विपन्न उच्च शिक्षा छात्रवृत्तिका लागि नपुग कागजात पेश गर्न
नपुग कागजात पेश गर्दा ध्यान दिनुपर्ने कुराहरुः सबै कागजातहरु स्पष्ट बुझिने गरी संलग्न गर्नुपर्नेछ ।
१. अनुसुची नभएको भनी उल्लेख भएकोमा- मापदण्डको अनुसुची-२७ वा निवेदन संलग्न गर्नुपर्नेछ ।
२. आय प्रमाणित नभएको भनी उल्लेख भएकोमा- परिवारको वार्षिक आय उल्लेख गर्नुपर्ने, साथै विपन्न परिवारको सदस्य भएको र छात्रवृत्ति आवश्यकता सम्बन्धमा सम्बन्धित स्थानीय तहबाट खुलाएर सिफारिस गरिएको
हुनुपर्नेछ ।
३. मार्कसिट/ट्रान्सक्रिप्ट/ग्रेडसिट पेश नगरेको भनी उल्लेख गरिएकोमा- हाल अध्ययन गरिरहेको कक्षा/तह भन्दा तल्लो तहको मार्कसिट/ट्रान्सक्रिप्ट/ग्रेडसिट संलग्न गर्नुपर्नेछ । (जस्तैः (कक्षा ११-१२) मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले कक्षा १० को ग्रेडसिट, स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीले कक्षा १२ को ग्रेडसिट र स्नातकोत्तर तह अध्ययन गरिरहेको विद्यार्थीले स्नातक तहको ट्रान्सक्रिप्ट)
४. बैङ्क विवरण पेश नगरेको भनी उल्लेख भएका विद्यार्थीले- विद्यार्थीकै नाममा खोलिएको खाताको चेकको भित्री पानाको फोटो संलग्न गर्नुपर्नेछ । अभिभावक वा अन्य कोही आफन्त वा विद्यालयको खातामा भुक्तानी हुनेछैन् ।
५. सामुदायिक विद्यालय/क्याम्पस प्रमाणित नभएको भनी उल्लेख भएकोमा- कक्षा १२ वा उच्च शिक्षा अध्ययन गर्ने शिक्षण संस्था सामुदायिक हो भन्ने विषय कक्षा-१२ सम्मको हकमा शिक्षा विकास तथा समन्वय इकाइ वा स्थानीय तहले र क्याम्पसको हकमा सम्बन्धित क्याम्पसले प्रमाणित गरी पेश गर्नुपर्नेछ।
६. सम्बन्धित विद्यालय/क्याम्पसको सिफारिस नभएको वा २०८१ को सिफारिस भनी उल्लेख भएकोमा- सम्बन्धित विद्यालय/क्याम्पसले नीज विद्यार्थी भर्ना भई हाल नियमित अध्ययन गरिरहेको भनी प्रमाणित पत्र पेश
गर्नुपर्नेछ ।
७. गुगल फर्म तोकिएको मिति २०८२/१२/२४ गतेसम्म मात्र खुला रहनेछ, उक्त मितिमा कागजात अपलोड नगरेका विद्यार्थीको निवेदन मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन् ।