वि.सं:
नेपाल संवत: ११४५ चौलागा त्रयोदशी - २८
गण्डकी प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
शिक्षा विकास निर्देशनालय, पोखरा
अपाङ्ग उच्च शिक्षा छात्रवृत्तिको लागि निवेदन पेश गर्ने सूचना !!!
प्रथम पटक प्रकाशित मिति : २०८१/१२/२५
चालु आर्थिक वर्ष २०८१/८२ को अपाङ्ग उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम कार्यान्वयन सम्बन्धमा स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८१ (मिति २०८१।१२।१५ को संशोधन सहित) बमोजिम आ.व. २०८१।८२ मा स्नातक वा स्नातकोत्तर तहमा भर्ना भई अध्ययनरत अपाङ्गता भएका विद्यार्थीले (यस वर्ष छात्रवृत्ति पाएका बाहेक) यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिनभित्र यस निर्देशनालयमा निवेदन पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । निवेदनको ढाँचा, निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, मूल्याङ्कनका आधारहरू लगायतका थप जानकारी यस निर्देशनालयको वेबसाइट edd.gandaki.gov.np मा रहेको वार्षिक कार्यक्रम कार्यान्वय सम्बन्धी मापदण्डबाट प्राप्त गर्न सकिनेछ ।
मापदण्ड बमोजिमका कागजातहरु पूरा नभएका र म्यादभित्र पेश नभएका निवेदनहरू मूल्याङ्कन प्रक्रियामा समावेश गरिने छैन ।
अनिवार्य संलग्न गर्नुपर्ने कागजातहरु
सम्पर्कका लागि:
शाखा अधिकृत प्रकाश ओझा-९८५६०३७१६९,
प्राविधिक सहायक राजकुमार गौतम-९८६६०५८००१