वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व अष्टमी - ८
गण्डकी प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
शिक्षा विकास निर्देशनालय
पोखरा
प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!!
प्रथम पटक प्रकाशित मिति : २०८2/०7/12
शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट चालु आर्थिक वर्ष २०८२/८३ मा तपसिल बमोजिमका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८२ बमोजिम उक्त मापदण्डमा उल्लिखित आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र निर्देशनालयको वेबसाईटमा उपलव्ध लिङ्क मार्फत Google form भरेर वा निर्देशनालयमा प्रस्ताव सहितको सक्कल फाइल पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
(सूचना एवंम् अनुसुचीको Softcopy डाउनलोडको लागि क्लिक गर्नुहोस् ।)
तपसिल
1. माध्यमिक विद्यालयमा STEM Lab स्थापना र सञ्चालन अनुदान,
Online Form भर्न यो लिङ्कमा क्लिक गर्नुहोस
2. साधारण तथा प्राविधिक धार सञ्चालन भएका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम,
Online Form भर्न यो लिङ्कमा क्लिक गर्नुहोस
3. प्राविधिक विषय सञ्चालन भएका विद्यालयमा प्रयोगशाला सुदृढीकरण अनुदान ।
Online Form भर्न यो लिङ्कमा क्लिक गर्नुहोस
नोटः प्रस्तावको ढाँचा, Google form links, प्रस्ताव साथ पेश गर्नुपर्ने कागजातहरु, मूल्याङ्कनका आधारहरु लगायत थप जानकारीका लागि निर्देशनालयको वेबसाइट edd.gandaki.gov.np बाट प्राप्त गर्न सकिनेछ । थप जानकारीका लागि सम्पर्कः उपसचिव ऋषिराज बाँस्तोलाः 9856035509 वा कम्प्युटर अधिकृत गोविन्द पुलामी मगरः 9842647083 ।
प्रस्ताव पेश गर्दा ध्यान दिनुपर्ने कुराहरुः
1. प्रस्तावहरु तोकिएको ढाँचामा पूर्ण रुपमा भरिएको हुनुपर्नेछ, तोकिएको ढाँचा भन्दा फरक तरिकाले र पूर्ण रुपमा नभरिएका प्रस्तावहरु मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन, अनलाईन माध्यमबाट पेश गरिने सम्पुर्ण कागजातहरु प्रमाणित गरेर मात्र पेश गर्नुपर्नेछ।
2. गुगल फर्म मार्फत प्रस्ताव पेश गर्ने विद्यालयहरुले फर्ममा तोकिएका सबै विवरण पूर्ण रुपमा भरी तोकिएका सबै कागजात Attach गर्नुपर्नेछ, विद्यालयको नाम अनिवार्य रुपमा नेपाली युनिकोड फन्टमा भरिएको हुनुपर्नेछ ।
3. साझेदारी गर्नुपर्ने भनी तोकिएका कार्यक्रमका लागि साझेदारीको प्रतिशत खुलाईएको निर्णय र सिफारिस संलग्न गर्नुपर्नेछ,
4. प्रस्ताव साथ पेश गर्नुपर्ने भनी तोकिएका कागजातहरु अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ,
5. चालु शैक्षिक सत्रका विद्यार्थी सङ्ख्या एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली बमोजिम स्थानीय तहबाट प्रमाणित भए बमोजिम पेश गर्नुपर्नेछ ।