Skip to content Skip to footer

परिचय

नेपालको संविधान २०७२ जारी भइ नेपाल संघिय संरचनामा गइसके पछि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको व्यवस्था भएको हो । प्रदेश सरकार मातहत विभिन्न मन्त्रालयहरुको स्थापना भएसंगै सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको समेत स्थापना भएको हो ।
यस मन्त्रालयलाई शिक्षा, स्वास्थ्य, महिला, वालवालिका, जेष्ठ नागरिक अपाङ्ग सामाजिक सुरक्षा, भाषा संस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसँग सम्वन्धित विषयहरुको कार्य जिम्मेवारी तोकिएको छ । उक्त कार्य जिम्मेवारी अनुसार मन्त्रालयले संघिय मन्त्रालयहरुसंग समन्वय गरी कार्य गरिरहेको छ ।
सामाजिक विकास मन्त्रालयको स्थापना भए पश्चात नेपाल सरकारको मिति २०७५।०३।३२ को निर्णयानुसार यस मन्त्रालयका शैक्षिक नीति र कार्यक्रमहरुको कार्यन्वयनमा प्रत्यक्ष रुपमा कार्यन्वयन गरी शैक्षिक गुणस्तर कायम गर्नका लागि सामाजिक विकास मन्त्रालय मातहतमा रहने गरी शिक्षा विकास निर्देशनालयको स्थापना गरिएको हो ।
यस निर्देशनालयको स्थापना पश्चात यसको साङ्गठनिक संरचनामा रा।प। प्रथम श्रेणी निर्देशकको मातहतमा योजना तथा कार्यक्रम शाखा, उच्च तथा प्राविधिक शिक्षा शाखा, शिक्षक सेवा शाखा, अनुसन्धान तथा तथ्याङ्क शाखा रहेका छन् । जसमा ४ जना रा।प।द्वि। श्रेणीको उपसचिवलाई शाखा प्रमुखको जिम्मेवारी दिईएको छ ।
यस निर्देशनालयको संगठन संरचना तथा कार्य विवरण यस प्ररकार रहेको छ ।

शिक्षा विकास निर्देशनालय र यस अन्तर्गतका शाखागत र पदगत कार्यविवरण

शिक्षा विकास निर्देशनालयको कार्यविवरणः

प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी शिक्षा विकास निर्देशनालयको स्थापनाको औचित्यलाई दृष्टिगत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा संघ स्तरमा रहेका निकायहरुको कार्य विवरणसँग नवाझिने गरी देहायका कार्य विवरण निर्धारण गरिएको छ ।

  • शिक्षा सम्वन्धी राष्ट्रिय, अन्तराष्ट्रिय एवम् राष्ट्रसंघीय सम्झौता, घोषणा तथा प्रतिवद्धता अन्तर्गतका विभिन्न नीति, आयोजना साथै राष्ट्रिय अभियानका कार्यक्रमहरुलाई प्रदेश स्तरमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने । 
  • प्रदेश स्तरमा सञ्चालन हुने दिगो विकासका लक्ष (sustainable development goal)  अन्तर्गतको विद्यालय क्षेत्र विकास कार्यक्रम, प्रारम्भिक पठन सीप परियोजना, शिक्षाका लागि खाद्य कार्यक्रम लगायतका सवै प्रकारका परियोजना कार्यान्वयन व्यवस्था तथा नियमित प्रतिवेदन तयारी गर्ने ।
  • प्रदेश स्तरको उच्च शिक्षाका नीति, कानुन, प्रशासन, र नियमन गर्न सामाजिक विकास मन्त्रालयलाई सहयोग गर्ने ।
  • विज्ञान तथा प्रविधि सम्वन्धी खोज, आविष्कार तथा विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी व्यवस्थापकीय कार्य गर्ने ।
  • प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन तथा नियमनको व्यवस्था मिलाउने सम्वन्धी प्राविधिक कार्य गर्ने।
  • शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण निर्धारण, अनुमति तथा नियमन सम्वन्धी कार्य गर्ने ।
  • प्रदेश स्तरमा उच्च शिक्षाका लागि स्वदेशी छात्रवृत्ती व्यवस्थापन गर्ने ।
  • शिक्षाको प्रादेशिक नीति तथा कानुन निर्माणका लागि सामाजिक विकास मन्त्रालयलाई प्राविधिक सहजिकरण गर्ने ।
  • प्रादेशिक स्तरमा शिक्षाको गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षण गर्ने ।
  • प्रदेश स्तरमा पुस्तकालय तथा संग्राहलय सञ्चालनका लागि नीति, कानुन, मापदण्ड तयार गर्न मन्त्रालयलाई सहजिकरण गर्ने र कार्यान्वयन व्यवस्था मलाउने ।
  • प्रदेशका लागि मानव संशाधन आवश्यकता प्रक्षेपण गर्ने तथा प्रादेशिक जनशक्ति योजना तर्जुमा गर्ने ।
  • विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता र सक्षमताको प्रदेश स्तरमा मापदण्ड एवम् नियमन सम्वन्धी कार्य गर्ने ।
  • स्थायी शिक्षकहरुको निवृत्तिभरण, विमा, औषधी उपचार खर्च, पारिवारिक निवृत्तिभरण, पारिवारिक वृत्ति, शैक्षिक भत्ता तथा सन्तति वृत्ति र उपदान विवतरण व्यवस्था मिलाउने ।
  • स्थायी शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गराउने ।
  • शिक्षकहरुको सम्पत्ति विवरणको अभिलेख राख्ने ।
  • शिक्षा क्षेत्रमा काम गर्ने कार्मचारी, प्राविधिज्ञ तथा शिक्षकका लागि सेवाकालिन लगायतका सवै प्रकारका क्षमता विकास कार्यक्रम प्रयोजनका लागि नीतिगत मार्गदर्शन प्रदान गर्ने ।
  • प्रदेशस्तरमा विद्यालय तहको पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माण, उत्पादन र प्रकाशन एवम् विद्यालयमा वितरणको व्यवस्था मिलाउने ।
  • सामुदायिक तथा संस्थागत विद्यालयका लागि निजी क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री प्रयोगका लागि स्वीकृति प्रदान गर्ने सम्वन्धी कार्य गर्ने ।
  • प्रदेशभरका विद्यालयमा पाठ्यक्रम कार्यान्वयनको अनुगमन, निगरानी तथा सहजीकरण गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्वन्धी प्रादेशिक नीति तथा मापदण्ड तर्जुमा गर्न मन्त्रालयलाई सहजीकरण गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको छात्रवृत्तिको नियमन गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको प्रादेशिक नीति, पाठ्यक्रम र पाठ्यसामग्रीका लागि मन्त्रालयलाई सहजिकरण गर्ने ।
  • राष्ट्रिय परीक्षा वोर्डले तोकेको मापदण्डको आधारमा प्रदेश स्तरमा कक्षा १० (SEE) परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  • शिक्षक सेवा आयोगबाट प्रत्यायोजित कार्यहरु गर्ने ।
  • संघले तय गरेको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीसँग तादाम्य हुने गरी प्रदेश भित्रको विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अध्यावधिक गर्ने ।
  • विभिन्न शैक्षिक मुद्दामा प्राज्ञिक तथा कार्यमूलक अनुसन्धानहरु सञ्चालन गरी तथ्यमा आधारित निर्णय सम्पादनको संयन्त्र परिचालन गर्ने ।
  • सम्मानित सर्वोच्च तथा उच्च अदालतद्धारा प्रदेश तहका लागि भएका शिक्षा सम्वन्धी फैसला कानुनी सिद्धान्त कार्यान्वयन गर्ने ।
  • साविकमा क्षेत्रस्तरमा स्थापना गरिएका निजामति विद्यालयको व्यवस्थापन गर्ने ।
  • प्रदेश भित्र समानान्तर अनौपचारिक शिक्षा प्रणाली अन्तर्गत परीक्षण कार्य, विद्यालयको कार्य सम्पादन परीक्षण (Audit) कार्य तथा विद्यार्थीको राष्ट्रिय उपलव्धि परीक्षण सम्वन्धी कार्यको व्यवस्थापन तथा समन्वय गर्ने ।
  • अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतिवद्धता वमोजिम प्रदेशभित्र बाँकी रहेका निरक्षर जनसंख्यालाई साक्षर तुल्याउन समन्वय तथा साक्षर जिल्ला तथा साक्षर प्रदेश घोषणा गर्ने ।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ द्धारा किटान नगरिएका विद्यालय शिक्षा तथा माध्यमिक शिक्षा व्यवस्थापन सम्वन्धी लगायत कानुनीले निर्दिष्ट गरेका अन्य कार्य सम्पादन गर्ने ।
  • प्रदेशको शिक्षा तालिम केन्द्रका काममा सहजिकरण, अनुगमन र नियमन गर्ने ।
  • सामाजिक विकास मन्त्रालयबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

योजना तथा कार्यक्रम शाखाको कार्यविवरणः

  • शिक्षा सम्वन्धी राष्ट्रिय स्तरका कार्यक्रमहरुको प्रदेश स्तरमा कार्यान्वयनको लागि योजना तथा कार्यक्रम तर्जुमा पेश गर्ने ।
  • प्रदेश स्तरमा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरुको आवधिक र वार्षिक योजना तथा कार्यक्रम वनाइ स्वीकृतिका लागि पेश गर्ने ।
  • प्रदेश स्तरमा दिगो विकासका लक्ष (sustainable development goal)  अन्तर्गतको विद्यालय क्षेत्र विकास कार्यक्रम, प्रारम्भिक पठन सीप परियोजना, शिक्षाका लागि खाद्यान्न आयोजना लगाययत सवै प्रकारका परियोजना कार्यान्वयन तथा कार्यन्वयनको अनुगमन योजना तयार पार्ने ।
  • स्थानीय तहका लागि हस्तान्तरण गरिने एवम् निकासा गरिने शिक्षा वजेट तर्जुमा, शैक्षिक योजना निर्माण र कार्यान्वयन व्यवस्था गर्ने ।
  • प्रदेशका लागि मानव संशाधन आवश्यकता प्रक्षेपण तथा जनशक्ति तर्जुमा गर्ने ।
  • जिल्ला तथा स्थानीय तहमा रहेका शिक्षा निकायहरु एवम् विद्यालयलाई योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नेगरी निर्देशन दिने ।
  • शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी, प्राविधिक तथा शिक्षकका लागि सेवाकालिन लगायतका सवै प्रकारका क्षमता विकास कार्यक्रम प्रयोजनका लागि नीतिगत मार्गदर्शनको खाका तयार गर्ने ।
  • प्रदेशस्तरमा विद्यालय तहका पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माण, उत्पादन र प्रकाशन एवम् विद्यालयमा वितरणको योजना वनाउने ।
  • सामुदायिक तथा संस्थागत विद्यालयका लागि निजी क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक तथा सर्न्दभ सामग्री प्रयोगका लागि स्वीकृती प्रदान गर्ने सम्वन्धी काम गर्ने ।
  • प्राविधिक धारका विद्यालय अनुमति तथा व्यवस्थापन एवम् विकास र विस्तार कार्य सञ्चालन समवन्धी कार्यहरु गर्ने ।
  • नमूना विद्यालय विस्तार तथा व्यवस्थापकीय सुधारका लागि विशेष कार्यक्रम तर्जुमा र सोको कार्यान्वयन एवम् नियमन सम्वन्धी कार्यहरु गर्ने।
  • अनौपचारिक वैकल्पिक तथा निरन्तर शिक्षा सम्वन्धी योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्वन्धी कार्य गर्ने ।
  • शिक्षण संस्थाहरुको भौतिक सुविधा सहितको न्यूनतम सिकाई अवस्थाको योजन निर्माण गर्ने तथा कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन एवम् सहजीकरण सम्वन्धी कार्य गर्ने ।
  • निर्देशनालयका सवै शाखाहरुलाई ति शाखासँग सम्वन्धित तोकिएको आर्थिक वर्षको निम्ति सम्पादन गरिएका काम कार्वाहीहरु झल्किने गरी लक्ष्य  एवम् प्रगति सहितको वार्षिक कार्य योजना र आवधिक तथा वार्षिक स्थिति पे शगर्न लगाई त्यसलाई एकीकृत गर्ने ।
  • निर्देशनालयबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

उच्च तथा प्राविधिक शिक्षा शाखाको कार्यविवरणः

  • प्रदेश स्तरको उच्च शिक्षाका नीति, कानुन, प्रशासन र नियमन गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरण गर्ने तथा सम्वद्ध निकायहरुसँग समन्वय गर्ने ।
  • प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन तथा नियमनको आधार तथा मापदण्ड तयार पारी पेश गर्ने ।
  • शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन सम्वन्धी व्यवस्था ।
  • प्रदेश स्तरको उच्च शिक्षाका लागि स्वदेशी छात्रवृत्तिको व्यवस्था गर्ने ।
  • केन्द्रीय र प्रादेशिक विश्वविद्यालयका कामकारवाहीको समन्वय तथा एकीकरण गर्ने व्यवस्था मिलाउने सम्वन्धी कार्यहरु गर्ने ।
  • विज्ञान तथा प्रविधि सम्वन्धी खोज, आविष्कार तथा विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी व्यवस्थापन कार्य गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्वन्धी प्रादेशिक नीति तथा मापदण्ड एवम् पाठ्यक्रम र पाठ्यसामग्री तर्जुमा गर्न मन्त्रालयलाई सहजीकरण गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको प्रादेशिक नीति, पाठ्यक्रम र पाठ्यसामग्री स्वीकृतिका लागि मन्त्रालयलाई सहजीकरण गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको छात्रवृत्तिको मापदण्ड र नियमन सम्वन्धी कार्य गर्ने ।
  • राष्ट्रिय परीक्षा वोर्डले तोकेको मापदण्डको आधारमा प्रदेश स्तरमा कक्षा १० (SEE)  परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  • निर्देशनालयबाट तोकिएका अन्य कार्य गर्ने ।

शिक्षक सेवा आयोगः

  • विद्यालय शिक्षाका तहगत स्वीकृत शिक्षक दरवन्दी र शिक्षक अनुदान कोटाको प्रदेशगत र स्थानीय तहगत विवरण तयरा गरी अभिलेख व्यवस्थापन गर्ने र यसलाई समय समयमा अध्यावधिक गर्ने ।
  • शिक्षक विद्यार्थी अनुपात र विद्यालयमा पठनपाठन हुने विषय समेतका आधारमा शिक्षक दरवन्दीको प्रदेश तहमा मिलान तथा पुनःवितरण सम्वन्धी मापदण्ड तयार पार्ने र स्थानीय तहलाई आवश्यकता र मागको आधारमा सहजीकरण गर्ने व्यवस्था मिलाउने ।
  • विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता र सक्षमताको अनुगमन तथा पृष्ठपोषण सम्वन्धी कार्य गर्ने।
  • स्थायी शिक्षकहरुको निवृत्तिभरण, विमा, औषधी उपचार खर्च, पारिवारिक निवृत्तिभरण वृत्ति, शैक्षिक भत्ता तथा सन्तति वृत्ति र उपादन वितरणको व्यवस्था मिलाउने ।
  • साविकमा संघको विद्यालय शिक्षक कितावखानाले सम्पादन गर्ने गरेका प्रदेशसँग सम्वन्धित अन्य कार्य गर्ने ।
  • स्थायी शिक्षकहरुको वार्षिक तलवी प्रतिवेदन पारित गराउने ।
  • शिक्षकहरुको सम्पत्ति विवरण अभिलेख राख्ने ।
  • शिक्षक सेवा आयोगबाट प्रत्यायोजित अधिकार वमोजिमको कार्य आयोग प्रति उत्तरदयि भई सम्पादन गर्ने।
  • कानुनमा व्यवस्था भए वमोजिम शिक्षक व्यवस्थापन सम्वन्धी कार्य गर्ने ।
  • शिक्षकका लागि सेवाकालिन तालिम लगायतका सवै प्रकारका क्षमता विकास कार्यक्रम प्रयोजनका लागि आधार र मापदण्ड तथा मार्गदर्शन तयार गर्ने ।
  • प्रदेशको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार सम्वन्धी कार्यहरु गर्ने ।
  • विद्यालय शिक्षा सम्वन्धमा स्थानीय तहलाई आवश्यक सहयोग गर्ने ।
  • निर्देशनालयबाट तोकिएको अन्य कार्य गर्ने ।

अनुसन्धान तथा तथ्याङ्क शाखाको कार्यविवरणः

  • विभिन्न शैक्षिक मुद्दामा प्राज्ञिक तथा कार्यमूलक अनुसन्धानहरु सञ्चालन गरी प्रतिवेदनहरु प्रकाशन गर्ने।
  • प्रदेशभित्र अनौपचारिक शिक्षा प्रणाली अन्तर्गत परीक्षण कार्य, विद्यालयको कार्य सम्पादन परीक्षण (Audit) कार्य तथा विद्यार्थीको राष्ट्रिय उपलव्धी परीक्षण सम्वन्धी कार्यको व्यवस्थापन र समन्वय गर्ने ।
  • प्रादेशिक स्तरमा शिक्षाको गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षण गर्ने ।
  • संघले तय गरेको एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMES) र राष्ट्रिय ढाँचा (National Standard) सँग तादाम्य हुने गरी प्रदेश भित्रका विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अध्यावधिक गर्ने गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली स्थापना गर्ने ।
  • संघीय सरकारले विश्वव्यापी अनुगमन प्रतिवेदन लगायत अन्तराष्ट्रिय मञ्चमा उपलव्ध गराउनेपर्ने नियमित सूचकगत प्रतिवेदनहरु तयारी गर्नका लागि आवश्यक सूचनाहरु तोकिएको ढाँचामा नियमित रुपमा उपलव्ध गराउने ।
  • प्रदेश तहमा शैक्षिक सूचकाङ्कहरुको प्रभावकारीताको विश्लेषण गर्ने ।
  • विभिन्न शैक्षिक मद्दामा प्राज्ञिक तथा कार्यमूलक अनुसन्धानहरु सञ्चालन गरी तथ्यमा आधारित निर्णय सम्पादनको संयन्त्र परिचालन गर्न आवश्यक प्राविधिक कार्यहरु गर्ने।
  • प्रदेशभित्र सवै प्रकारका शैक्षिक निकायमा कार्यरत कर्मचारी जनशक्तिको सूचना प्रणाली व्यवस्थापन गर्ने ।
  • व्यवस्थित तथ्याङ्क एवम् सूचनाहरुका आधारमा सामाजिक विकास मन्त्रालय लगायत अन्य कार्यालयहरुका योजना निर्माण र अन्य कार्यहरुका लागि सहजीकरण गर्ने ।
  • शैक्षिक अनुसन्धान मार्फत प्रदेश स्तरको शिक्षाको नीति, प्रशासन र नियमन गर्न प्राविधिक सहजीकरण गर्ने ।
  • प्रदेशभरका विद्यालयमा पाठ्यक्रम कार्यान्वयनको अनुगमन तथा सहजीकरण गर्ने ।
  • निर्देशनालयको सामान्य दैनिक प्रशासन सञ्चालन सम्वन्धी कार्यहरु गर्ने ।
  • निर्देशनालयको आन्तरिक प्रशासन, कर्मचारी व्यवस्थापन तथा आर्थिक प्रशासन सम्वन्धी कार्यहरु गर्ने ।
  • निर्देशनालयको सम्पत्ति संरक्षण, जिन्सी व्यवस्थापन, भण्डार व्यवस्थापन, कर्मचारीको व्यक्तिगत अभिलेख व्यवस्थापन र कार्य सम्पादन मूल्याङ्कन सम्वन्धी कार्यहरु गर्ने ।
  • स्वीकृत कार्यक्रम र वजेट अनुसार कार्यालयबाट खरीद गर्नेपर्ने जिन्सी सामान खरिद योजना (procurement Plan) वनाई खरिद गर्ने र सो को उचित रेखदेख, मर्मत सम्भार र वितवरणको व्यवस्था मलाउने सम्वन्धी कार्य गर्ने ।
  • सम्मानित सर्वोच्च तथा उच्च अदालतद्धारा प्रदेशका लागि भएका शिक्षा सम्वन्धी फैसला तथा कानुनी सिद्धान्त कार्यान्वयन गर्ने ।
  • निर्देशनालयका कामका वारेमा पर्न आएका विभिन्न उजुरी एवम् गुनासोहरुको छानविन गर्ने, गराउने सम्वन्धी आवश्यक कार्य गर्ने ।
  • निर्देशनालयबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

शिक्षा विकास निर्देशनालयमा रहने पदहरुको कार्यविवरण

निर्देशक (रा.प.प्रथम श्रेणी, शिक्षा प्रशासन) शिक्षा विकास निर्देशनालय

प्रचलित ऐन, कानुनमा भएको व्यवस्थाको निर्देशक पदको कार्य विवरण देहाय वमोजिम हुनेछः

  • शिक्षा सम्वन्धी राष्ट्रिय, अन्तराष्ट्रिय एवम् राष्ट्रसंघीय सम्झौता, घोषणा तथा प्रतिवद्धता अन्तर्गतका विभिन्न नीति, आयोजना साथै राष्ट्रिय अभियानलाई प्रदेश स्तरमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
  • प्रदेश स्तरमा सञ्चालन हुने दिगो विकासका लक्ष (sustainable development goal)  अन्तर्गतको विद्यालय क्षेत्र विकास कार्यक्रम, प्रारम्भिक पठन सीप परियोजना, शिक्षा लागि खाद्यान्न आयोजना लगायतका सवै प्रकारका परियोजना कार्यान्वयन व्यवस्थापन तथा नियमित प्रतिवेदन तयारी गर्ने ।
  • प्रदेश स्तरको उच्च शिक्षाका नीति, कानुन, प्रशासन र नियमन गर्न मन्त्रालयलाई सहजीकरण गर्ने तथा समन्वय गर्ने ।
  • विज्ञान तथा प्रविधि सम्वन्धी खोज, आविष्कार तथा विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी व्यवस्थापकीय कार्य गर्ने ।
  • प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन तथा नियमनको व्यवस्था मिलाउने ।
  • शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन सम्वन्धी कार्य गर्ने ।
  • राष्ट्रिय परीक्षा वोर्डले तोकेको मापदण्डको आधारमा प्रदेश स्तरमा कक्षा १० (SEE) परीक्षा सञ्चालन गर्ने ।
  • शिक्षक सेवा आयोबाट प्रत्यायोजित कार्यहरु गर्ने ।
  • प्रदेशस्तरमा उच्च शिक्षाका लागि स्वदेशी छात्रवृत्ति व्यवस्थापन गर्ने ।
  • शिक्षाको प्रादेशिक नीति तथा कानुन निर्माणका लागि मन्त्रालयलाई प्राविधिक सहजीकरण गर्ने ।
  • प्रादेशिक स्तरमा शिक्षाको गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षण गर्ने ।
  • प्रदेश स्तरमा पुस्तकालय तथा संग्रहालय सञ्चालनका लागि नीति, मापदण्ड तयार गर्न मन्त्रालयलाई सहजीकरण गर्ने र कार्यान्वयन व्यवस्था मिलाउने ।
  • प्रदेशका लागि मानव संशाधन आवश्यकता प्रक्षेपण गर्ने तथा प्रादेशिक जनशक्ति तर्जुमा गर्ने ।
  • विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता र सक्षमताको प्रदेश स्तरमा मापदण्ड निर्धारण एवम् नियमन सम्वन्धी कार्य गर्ने ।
  • स्थायी शिक्षकहरुको निवृत्तिभरण, विमा, औषधी उपचार खर्च, पारिवारिक निवृत्तिभरण, पारिवारिक वृत्ति, शैक्षिक भत्ता तथा सन्तति वृत्ति र उपादन वितरण व्यवस्था मिलाउने ।
  • स्थायी शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गराउने ।
  • शिक्षकहरुको सम्पत्ति विवरणको अभिलेख राख्ने ।
  • शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी, प्राविधिज्ञ तथा शिक्षकका लागि सेवाकालिन लगायतका सवै प्रकारका क्षमता विकास कार्यक्रम प्रयोजनका लागि नीतिगत मार्गदर्शन प्रदान गर्ने ।
  • प्रदेशस्तरमा विद्यालय तहको पाठ्यपुस्तक निर्माण, उत्पादन र प्रकाशन एवम् विद्यालयमा वितरणको व्यवस्था मिलाउने ।
  • सामुदायिक तथा संस्थागत विद्यालयका लागि निजी क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री प्रयोगका लागि स्वीकृति प्रदान गर्ने सम्वन्धी कार्य गर्ने ।
  • प्रदेशभरका विद्यालयमा पाठ्यक्रम कार्यान्वयको अनुगमन, निगरानी तथा सहजीकरण गर्ने ।
  • प्रावधिकि शिक्षा तथा व्यावसायिक तालिम सम्वन्धी प्रादेशिक नीति तथा मापदण्ड तर्जुमा गर्न मन्त्रालयलाई सहजीकरण गर्ने ।
  • प्राविधिक शिक्षा तथ व्यावसायिक तालिमको छात्रवृत्तिको नियमन गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको प्रादेशिक नीति, पाठ्यक्रम र पाठ्यसामग्री स्वीकृतिका लागि मन्त्रालयलाई सहजीकरण गर्ने ।
  • प्रदेशभित्रको विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अद्यावधिक गर्ने ।
  • विभिन्न शैक्षिक मद्धामा प्राज्ञिक तथा कार्यमूलक अनुसन्धानहरु सञ्चालन गरी तथ्यमा आधारित निर्णय सम्पादनको संयन्त्र परिचालन गर्ने ।
  • निर्देशनालयको दैनिक आन्तरिक प्रशासन, कर्मचारी व्यवस्थापन र आर्थिक प्रशासन सम्वन्धी कार्यहरु गर्ने/गराउने ।
  • सम्मानित सर्वोच्च तथा उच्च अदालतद्धारा प्रदेश तहका लागि भएका शिक्षा सम्वन्धी फैसला तथा कानुनी सिद्धान्त कार्यान्वयन गर्ने ।
  • साविकमा क्षेत्रस्तरमा स्थापना गरिएका निजामति विद्यालयको व्यवस्थापन गर्ने ।
  • प्रदेशभित्र समान्तर अनौपचारिक शिक्षा प्रणाली अन्तर्ग परीक्षण कार्य, विद्यालयको कार्य सम्पादन परीक्षण (Autit) कार्य तथा विद्यार्थीको राष्ट्रिय उपलव्धी परीक्षण सम्वन्धी कार्यको व्यवस्थापन तथा समन्वय गर्ने ।
  • अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतिवद्धता वमोजिम प्रदेशभित्र निरक्षर जनसंख्यालाई साक्षर तुल्याउन समन्वय तथा साक्षर जिल्ला तथा साक्षर प्रदेश घोषणा गर्ने ।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ द्धारा किटान नगरिएका विद्यालय शिक्षा तथा माध्यमिक शिक्षा व्यवस्थापन सम्वन्धी कार्य लगायत कानुनको निर्दिष्ट गरेका अन्य कार्य सम्पादन गर्ने ।
  • सामाजिक विकास मन्त्रालयले तोकेको अन्य कार्यहरु गर्ने ।

उपसचिव (रा.प.द्धितीय, शिक्षा प्रशासन) योजना तथा कार्यक्रम शाखा

  • शिक्षा सम्वन्धी राष्ट्रिय, अन्तराष्ट्रिय एवम् राष्ट्रसंघीय सम्झौता, घोषणा तथा प्रतिवद्धता अन्तर्गतका विभिन्न नीति, आयोजना साथै राष्ट्रिय अभियानलाई प्रदेश स्तरमा कार्यान्वयन व्यवस्था गर्ने ।
  • प्रदेश स्तरमा दिगो विकासका लक्ष (sustainable development goal)  अन्तरगतको विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राम्भिक पठन सीप परियोजना, शिक्षाक लागि खाद्यान्न आयोजना लगायतका सवै प्रकारका परियोजना कार्यान्वयन व्यवस्था तथा नियमन प्रतिवेदन तयारी गर्ने ।
  • स्थानीय तहका लागि हस्तान्तरण गरिने एवम् निकासा गरिने शिक्षा वजेट तर्जुमा, शैक्षिक योजना निर्माण र कार्यान्वयन व्यवस्था गर्ने ।
  • शिक्षाको प्रादेशिक नीति तथा कानुन निर्माणका लागि केन्द्रमार्फत दिइने सुझावको मस्यौदा वनाइ पेश गर्ने।
  • शिक्षाको प्रादेशिक गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षण गर्ने ।
  • प्रदेश स्तरमा पुस्तकालय तथा संग्रहालय सञ्चालनका लागि नीति, कानुन, मापदण्ड तयार गर्न मन्त्रालयलाई सहजीकरण गर्ने र कार्यान्वयन व्यवस्था मलाउने ।
  • प्रदेशका लागि मानव संशाधन आवश्यकता प्रक्षेपण गर्ने तथा प्रादेशिक जनशक्ति योजना तर्जुमा गर्ने ।
  • सम्मानित सर्वोच्च अदालत तथा उच्च अदालतद्धारा भएका प्रदेश स्तरको शिक्षा सम्वन्धी फैसला तथा कानुनी सिद्धान्त कार्यान्वयन गर्ने ।
  • जिल्ला तथा स्थानीय तहमा रहेका शिक्षा निकायहरु एवम् विद्यालयलाई योजना प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नेगरी निर्देशन दिने ।
  • शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी, प्रविधिज्ञ तथा शिक्षकका लागि सेवाकालिन लगायतका सवै प्रकारका क्षमता विकास कार्यक्रम प्रयोजनका लागि नीतिगत मार्गदर्शन प्रदान गर्ने ।
  • प्रदेशस्तरमा विद्यालय तहको पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माण, उत्पादन र प्रकाशन एवम् विद्यालय वितरणको व्यवस्था मिलाउने ।
  • सामुदायिक तथा संस्थागत विद्यालयका लागि निजी क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री प्रयोगका लागि स्वीकृति प्रदान गर्ने ।
  • प्रादेशभित्रका विद्यालयमा पाठ्यक्रम कार्यान्वयनको अनुगमन, निगरानी तथा सहजीकरण गर्ने ।
  • साविकमा क्षेत्रस्तरमा स्थापना गरिएका निजामति विद्यालयको व्यवस्थापन गर्ने ।
  • अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतिवद्धता वमोजिम प्रदेशभित्रका निरक्षर जनसंख्यालाई साक्षर तुल्याउन समन्वय तथा साक्षर जिल्ला तथा साक्षर प्रदेश घोषणा गर्ने ।
  • प्राविधिक धारका विद्यालय अनुमति तथा व्यवस्थापन एवम् विकास र विस्तार कार्य सञ्चालन समवन्धी कार्यहरु गर्ने ।
  • नमूना विद्यालय विस्तार तथा व्यवस्थापकीय सुधारका लागि विशेष कार्यक्रम तर्जुमा र सोको कार्यान्वयन एवम् नियमन गर्ने।
  • निर्देशकबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

शाखा अधिकृत (रा.प.तृतीय, शिक्षा प्रशासन) -१ योजना तथा कार्यक्रम शाखा

  • शिक्षा सम्वन्धी राष्ट्रिय, अन्तराष्ट्रिय एवम् राष्ट्रसंघीय सम्झौता, घोषणा तथा प्रतिवद्धता अन्तर्गतका विभिन्न नीति, आयोजना साथै राष्ट्रिय अभियानका कार्यक्रमहरुलाई प्रदेश स्तरमा कार्यान्वयनका लागि योजना तथा कार्यक्रम वनाइ पेश गर्ने ।
  • प्रदेश स्तरमा दिगो विकासका लक्ष (sustainable development goal)  अन्तर्गतको विद्यालय क्षेत्र विकास कार्यक्रम, प्रारम्भिक पठन सीप परियोजना, शिक्षाका लागि खाद्यान्न आयोजना लगाययत सवै प्रकारका परियोजना कार्यान्वयन तथा कार्यन्वयनको अनुगमन योजना तयार गरी पेश गर्ने ।
  • शिक्षाको प्रादेशिक नीति तथा कानुन निर्माणका लागि केन्द्र मार्फत दिइने सुझावको मस्यौदा वनाइ पेश गर्ने ।
  • शिक्षाको प्रादेशिक गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षणका कार्यढाँचा वनाइ पेश गर्ने ।
  • प्रदेशका लागि मानव संशाधन आवश्यकता प्रक्षेपण गर्ने तथा प्रादेशिक जनशक्ति योजना तर्जुमामा प्राविधिक सहयोग गर्ने ।
  • उपसचिवबाट तोकिएका अन्य कार्यहरु गर्ने ।

शाखा अधिकृत (रा.प.तृतीय, शिक्षा प्रशासन) -२ योजना तथा कार्यक्रम शाखा

  • प्रदेशभित्रका निरक्षर जनसंख्यालाई साक्षर तुल्याउन समन्वय तथा साक्षर जिल्ला तथा साक्षर प्रदेश घोषणा गर्ने विषयमा कार्यक्रमहरु वनाइ पेश गर्ने ।
  • शिक्षाको प्रादेशिक नीति तथा कानुन निर्माणका लागि केन्द्र मार्फत दिइने सुझावको मस्यौदा तयारीमा सहयोग गर्ने ।
  • शिक्षाको प्रादेशिक गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षण गर्नेकामसँग सम्वन्धित कार्याहरु गर्ने।
  • प्रदेश स्तरमा पुस्तकालय तथा संग्राहलय सञ्चालनका लागि नीति, कानुन, मापदण्ड तयार गर्न मन्त्रालयलाई प्राविधिक सहयोग गर्ते ।
  • प्रदेशस्तरमा विद्यालय तहको पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माण, उत्पादन र प्रकाशन एवम् विद्यालयमा वितरणको व्यवस्था मिलाउने ।
  • सामुदायिक तथा संस्थागत विद्यालयका लागि निजी क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री प्रयोगका लागि स्वीकृति प्रदान गर्ने सम्वन्धी कार्य गर्ने ।
  • प्रदेशभित्रका विद्यालयमा पठ्यक्रम कार्यान्वयनको अनुगमन, निगरानी तथा सहजीकरण गर्ने ।
  • साविकमा क्षेत्रस्तरमा स्थापना गरिएका निजामति विद्यालयको व्यवस्थापन गर्ने ।
  • सम्वन्धित स्वीकृत कार्यक्रमको प्रगति समिक्षकका लागि प्रतिवेदन तयारी गर्ने ।
  • उपसचिवबाट तोकिएको अन्य कार्यहरु गर्ने ।
  • स्थानीय तहका लागि हस्तान्तरण गरिने एवम् निकासा गरिने शिक्षा वजेट तर्जुमा, शैक्षिक योजना निर्माण र कार्यान्वयन व्यवस्था गर्ने ।
  • शिक्षाको प्रादेशिक गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षणका आधार र कार्यक्रम वनाइ पेश गर्ने।
  • सम्मानित सर्वोच्च तथा उच्च अदालतद्धारा प्रदेश तहका लागि भएका शिक्षा सम्वन्धी फैसला कानुनी सिद्धान्त कार्यान्वयन गर्ने ।
  • प्राविधिक धारका विद्यालय अनुमति तथा व्यवस्थापन एवम् विकास र विस्तार कार्य सञ्चालन गर्ने विषयमा कार्यक्रम वनाइ पेश गर्ने ।
  • नमूना विद्यालय विस्तार तथा व्यवस्थापकीय सुधारका लागि विशेष कार्यक्रम तर्जुमा र सोको कार्यान्वयन एवम् नियमन गर्ने सम्वन्धी कार्यक्रम वनाइ पेश गर्ने।
  • प्रदेश स्तरको उच्च शिक्षा सम्वन्धी वार्षिक कार्यक्रमहरु वनाइ पेश गर्ने ।
  • सम्वन्धित स्वीकृत कार्यक्रमहरुको प्रगति समिक्षाको लागि प्रतिवेदन तयारी गर्ने ।
  • उपसचिवबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

उपसचिव (रा.प.द्धितीय श्रेणी, शिक्षा प्रशासन) उच्च तथा प्राविधिक शिक्षा शाखा

  • प्रदेश स्तरको उच्च शिक्षाको नीति, कानुन, प्रशासन र नियमन गर्न मन्त्रालयलाई सहजीकरण गर्ने विषयमा आवश्यक दस्तावेज तथा मस्यौदाहरु तयार पारी पेश गर्ने ।
  • प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन तथा नियमनको आधार तथा मापदण्ड तयार पारी पेश गर्ने ।
  • शैक्षिक परामर्श सेवाको मापदण्ड, अनुमति तथा नियमन सम्वन्धी कार्यहरु गर्ने ।
  • प्रदेश स्तरको उच्च शिक्षाका लागि स्वदेशी छात्रवृत्तिको व्यवस्थापन सम्वन्धी कार्यहरु गर्ने ।
  • केन्द्रिय र प्रादेशिक विश्वविद्यालयका कामकारवाहीको समन्वय तथा एकीकरण गर्ने व्यवस्थाका आधारहरु वनाइ पेश गर्ने ।
  • विज्ञान तथा प्रविधि सम्वन्धी खोज, अविष्कार तथा विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी व्यवस्थापकीय कार्य गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्वन्धी प्रादेशिक नीति तथा मापदण्ड एवम् पाठ्यक्रम ।
  • पाठ्यसामग्री तर्जुमा गर्न मन्त्रालयलाई सहजीकरण गर्ने खालका आधारहरु तथा सामग्रीहरु विकास गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको छात्रवृत्तिको मापदण्ड र नियमन सम्वन्धी कार्यहरु गर्ने ।
  • राष्ट्रिय परीक्षा वोर्डले तोकेको मापदण्डको आधारमा प्रदेश स्तरमा कक्षा १० (SEE) परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  • निर्देशकबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-१, उच्च तथा प्राविधिक शिक्षा शाखा

  • प्रदेश स्तरको उच्च शिक्षाको नीति, कानुन, प्रशासन र नियमन गर्न मन्त्रालयलाई सहजीकरण गर्ने विषयमा आवश्यक दस्तावेज तथा मस्यौदाहरु तयार गर्न सहयोग गर्ने ।
  • प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन तथा नियमनको आधार तथा मापदण्ड तयार पारी पेश गर्ने ।
  • प्रदेश स्तरको उच्च शिक्षाका लागि स्वदेशी छात्रवृत्तीको व्यवस्थापन सम्वन्धी कार्यहरु गर्ने ।
  • केन्द्रिय र प्रावदेशिक विश्वविद्यालयका कामकारवाहीको समन्वय तथा एकीकरण गर्ने व्यवस्थाका आधारहरु वनाइ पेश गर्ने ।
  • विज्ञान तथा प्रविधि सम्वन्धी खोज, आविष्कार तथा विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी व्यवस्थापकीय कार्य गर्ने ।
  • उपसचिवबाट तोकिएका अन्य कार्यहरु गर्ने ।

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-२, उच्च तथा प्राविधिक शिक्षा शाखा

  • शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन सम्वन्धी कार्यहरु गर्ने ।
  • प्रदेश स्तरको उच्च शिक्षाका लागि स्वदेशी छात्रवृत्तिको व्यवस्थापन सम्वन्धी कार्यहरु गर्ने ।
  • केन्द्रिय र प्रादेशिक विश्वविद्यालयका कामकारवाहीको समन्वय तथा एकीकरण गर्ने व्यवस्थाका आधारहरु वनाइ पेश गर्ने ।
  • विज्ञान तथा प्रविधि सम्वन्धी खोज, आविष्कार तथा विद्यालय एवम् उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवर्धन सम्वन्धी व्यवस्थापकीय कार्य सहयोग गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्वन्धी प्रादेशिक नीति तथा मापदण्ड एवम् पाठ्यक्रम र पाठ्यसामग्री तर्जुमा गर्न मन्त्रालयलाई सहजीकरण गर्ने खालका आधारहरु तथा सामग्रीहरु विकास गर्ने ।
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको छात्रवृत्तिको मापदण्ड र नियमन सम्वन्धी कार्यहरु गर्ने ।
  • उपसचिवबाट तोकिएको अन्य कार्यहरु गर्ने।

उपसचिव (रा.प.द्धितीय श्रेणी, शिक्षा प्रशासन) शिक्षक सेवा शाखा

  • विद्यालय शिक्षाका तहगत स्वीकृत शिक्षक दरवन्दी र शिक्षक अनुदान कोटाको प्रदेशगत र स्थानीय तहगत विवरण तयार गरी अभिलेख व्यवस्थापन गर्ने र यसलाई समय समयमा अध्यावधिक गर्न लगाउने ।
  • शिक्षक विद्यार्थी अनुपात र विद्यालयमा पठनपाठन हुने विषय समेतका आधारमा शिक्षक दरवन्दीको प्रदेश तहमा मिलान तथा पुनःवितरण सम्वन्धी मापदण्ड तयार पार्ने र स्थानीय तहलाई आवश्यकता र मागका आधारमा सहजीकरण गर्ने कार्य योजना स्वीकृत गराइ कार्यान्वयनमा ल्याउने ।
  • विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता र सक्षमताको अनुगमन तथा पृष्ठपोषण सम्वन्धी कामहरु गर्ने ।
  • स्थायी शिक्षकहरुको निवृत्तिभरण, विमा, औषधी उपचार खर्च, पारिवारिक निवृत्तिभरण, पारिवारिक वृत्ति,शैक्षिक भत्ता तथा सन्तति वृत्ति र उपदान वितरण व्यवस्था मिलाउने ।
  • स्थायी शिक्षकहरुको वार्षिक तलवी प्रतिवेदन पारित गराउने ।
  • शिक्षकहरुको सालवसाली सम्पत्ति वितरणको अभिलेख राख्न लगाउने ।
  • शिक्षक सेवा आयोगबाट प्रत्यायोजित अधिकार वमोजिमको कार्य आयोग प्रति उत्तरदयि भई सम्पादन गर्ने।
  • शिक्षकका लागि सेवा कालिन तालिम लगायतका सवै प्रकारका क्षमता विकास कार्यक्रम प्रयोजनका लागि आधार र मापदण्ड तथा मार्गदर्शन तयार गरी पेश गर्ने ।
  • प्रदेशको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार सम्वन्धी कार्यक्रमहरु वनाइ स्वीकृतिका लागि पेश गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने ।
  • माध्यमिक तहसम्मको विद्यालय शिक्षाको व्यवस्थापन र सञ्चालन सम्वन्धमा मागको आधारमा स्थानीय तहलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने ।
  • निर्देशकबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-१ शिक्षक सेवा शाखा

  • विद्यालय शिक्षाका तहगत स्वीकृत शिक्षक दरवन्दी र शिक्षक अनुदान कोटाको प्रदेशगत र स्थानीय तहगत विवरण तयार गरी अभिलेख राख्ने र यसलाई समय समयमा अध्यावधिक गर्ने ।
  • शिक्षक विद्यार्थी अनुपात र विद्यालयमा पठन पाठन हुने विषय समेतका आधारमा शिक्षक दरवन्दीको प्रदेश तहमा मिलान तथा पुनःवितरण सम्वन्धी मापदण्ड तयार पार्ने र स्थानीय तहलाई आवश्यकता र मागका आधारमा सहजीकरण गर्ने कार्य योजनाको मस्यौदा तयार पारी पेश गर्ने ।
  • स्थायी शिक्षकहरुको निवृत्तिभरण, विमा, औषधी उपचार खर्च, पारिवारिक निवृत्तिभरण, पारिवारिक वृत्ति, शैक्षिक भत्ता तथा सन्तति वृत्ति र उपदान विवतरण सम्वन्धी काम गर्ने ।
  • स्थायी शिक्षकहरुको वार्षिक तलवी प्रतिवेदन पारित गराउने सम्वन्धी कार्य गर्ने ।
  • शिक्षकहरुले सालवसाली रुपमा वुझाएको सम्पत्ति विवरणको अभिलेख राख्ने ।
  • शिक्षक सेवा आयोगबाट प्रत्यायोजित अधिकार वमोजिमको कार्य आयोग प्रति उत्तरदयि भई सम्पादन गर्ने।
  • उपसचिवबाट तोकिएको अन्य कार्यहरु गर्ने।

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-२ शिक्षक सेवा शाखा

  • विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता र क्षमताको अनुगमन तथा पृष्ठपोषण सम्वन्धी कार्यक्रमहरु वनाइ पेश गर्ने र स्वीकृत कार्यक्रमको कार्यान्वयन गर्ने ।
  • शिक्षक सेवा आयोगबाट प्रत्यायोजित अधिकार वमोजिमको कार्य आयोग प्रति उत्तरदायी भई सम्पादन गर्ने।
  • शिक्षकका लागि सेवाकालिन तालिम लगायतका सवै प्रकारका क्षमता विकास कार्यक्रम प्रयोजनको लागि आधार र मापदण्ड तथा मार्गदर्शन तयार गरी पेश गर्ने ।
  • प्रदेशको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार सम्वन्धी कार्यक्रमहरु वनाइ स्वीकृतिका लागि पेश गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने ।
  • माध्यमिक तहसम्मको विद्यालय शिक्षाको व्यवस्थापन र सञ्चालन सम्वन्धमा मागको आधारमा स्थानीय तहलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने ।
  • उपसचिवबाट तोकिएको अन्य कार्यहरु गर्ने।

उपसचिव (रा.प.द्धितीय श्रेणी, शिक्षा प्रशासन) अनुसन्धान तथा तथ्याङ्क शाखा

  • विभिन्न शैक्षिक मुद्धामा प्राज्ञिक तथा कार्यमूलक अनुसन्धानहरु सञ्चालन गरी तथ्यमा आधारित निर्णय सम्पादनको संयन्त्र परिचालन गर्न आवश्यक प्राविधिक कार्यहरु गर्ने ।
  • विभिन्न शैक्षिक मुद्धामा प्राज्ञिक तथा कार्यमुलक अनुसन्धानहरु सञ्चालन गरी प्रतिवेदनहरु प्रकाशन गर्ने।
  • प्रदेश भित्र अनौपचारिक शिक्षा प्रणाली अन्तर्गत परीक्षण कार्य, विद्यालयको कार्य सम्पादन परीक्षण (Audit) कार्य तथा विद्यार्थीको राष्ट्रिय उपलव्धि परीक्षण सम्वन्धी कार्यको योजना वनाउने तथा सञ्चालनमा व्यवस्थापन र समन्वय गर्ने ।
  • प्रादेशिक स्तरमा शिक्षाको गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र परीक्षण सम्वन्धी कार्य गर्ने ।
  • एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMES) र राष्ट्रिय ढाँचा (National Standard) सँग तादाम्य हुने गरी प्रदेश भित्रका विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अध्यावधिक गर्ने गरी एकीकृत शैक्षिक सूचनाको विकास गर्ने गराउने ।
  • संघले तय गरेको एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMES) र राष्ट्रिय ढाँचा (National Standard) सँग तादाम्य हुने गरी प्रदेश भित्रका विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अध्यावधिक गर्ने गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन गर्ने ।
  • संघीय सरकारको विश्वव्यापी अनुगमन प्रतिवेदन लगायत अन्तराष्ट्रिय मञ्चमा उपलव्ध गराउने पर्ने नियमित सूचकगत प्रतिवेदनहरु तयारी गर्नका लागि आवश्यक सूचनाहरु तोकिएको ढाँचामा नियमित रुपमा उपलव्ध गराउने ।
  • प्रदेश तहमा शैक्षिक सूचकाङ्कहरुको प्रभावकारीको विश्लेषण गर्ने ।
  • व्यवस्थित तथ्याङ्क एवम् सूचनाहरुका आधारमा सामाजिक विकास मन्त्रालय लगायत अन्य कार्यालयहरुका योजना निर्माण र अन्य कार्यहरुका लागि सहजीकरण गर्ने ।
  • शैक्षिक अनुसन्धानका तथ्यहरुका आधारमा प्रदेश स्तरको शिक्षाको नीति, कानुन, प्रशासन र नियमन गर्न प्राविधि सहयोग गर्ने ।
  • प्रदेशभरका विद्यालयका पाठ्यक्रम कार्यान्वयको अनुगमन तथा सहजीकरण गर्ने र प्रतिवेदन तयार पार्ने ।
  • निर्देशनालयको सामान्य दैनिक प्रशासन सञ्चालन सम्वन्धी कार्यहरु गर्ने ।
  • निर्देशनालयको आन्तरिक प्रशासन, कर्मचारी व्यवस्थापन तथा आर्थिक प्रशासन सम्वन्धी कार्यहरु गर्ने ।
  • निर्देशनालयको सम्पत्ति संरक्षण, जिन्सी व्यवस्थापन, भण्डार व्यवस्थापन, कर्मचारीको व्यक्तिगत अभिलेख व्यवस्थापन र कार्य सम्पादन मूल्याङ्कन सम्वन्धी कार्यहरु गर्ने ।
  • स्वीकृत कार्यक्रम र वजेट अनुसार कार्यालयबाट खरीद गर्नुपर्ने जिन्सी सामान खरिद योजना (Procurement Plan) वनाई खरिद गर्ने र सो को उचित रेखदेख, मर्मत सम्भार र वितरणको व्यवस्था मिलाउने सम्वन्धी कार्य गर्ने ।
  • सम्मानित सर्वोच्च तथा उच्च अदालतद्धारा प्रदेश तहका लागि भएका शिक्षा सम्वन्धी फैसला तथा कानुनी सिद्धान्त कार्यान्वयन गर्ने ।
  • निर्देशनालयका कामका वारेमा पर्न आएका विभिन्न उजुरी गुनासोहरुको छानविन गर्ने, गराउने सम्वन्धी आवश्यक कार्य गर्ने ।
  • निर्देशकबाट तोकिएको अन्य कार्यहरु गर्ने ।

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, प्रशासन/सामान्य प्रशासन), अनुसन्धान तथा तथ्याङ्क शाखा

  • शिक्षा विकास निर्देशनालयको सामान्य दैनिक प्रशासनिक कार्यहरु जस्तैः कर्मचारीहरुको हाजिरी, कर्मचारी व्यवस्थापन, कार्यालयको आन्तरिक व्यवस्थापन, मुल दर्ता तथा चलानी, पालो पहरा तोक्ने, कार्यालय हाताको सुरक्षा, सरसफाई तथा चमेनागृहको अनुगमन सम्वन्धी कार्यहरु गर्ने ।
  • कार्यालयका निजामति कर्मचारीहरुको नियुक्ति, पदस्थापन, काज, सरुवा, पदोन्नति, राजीनामा, अवकास, दण्ड, सजाय, पुरस्कार तथा विभागीय कारवाही सम्वन्धी तोकिएका कार्यहरु गर्ने ।
  • केन्द्रको सम्पत्ति संरक्षण, जिन्सी व्यवस्थापन, भण्डार व्यवस्थापन, कर्मचारीको व्यक्तिगत अभिलेख व्यवस्थापन र कार्य सम्पादन मूल्याङ्कन सम्वन्धी कार्यहरु गर्ने ।
  • स्वीकृत कार्यक्रम र वजेट अनुसार कार्यालयबाट खरीद गर्नेपर्ने जिन्सी सामान खरिद योजना (procurement Plan) वनाई खरिद गर्ने र सो को उचित रेखदेख, मर्मत सम्भार र वितवरणको व्यवस्था मलाउने सम्वन्धी कार्य गर्ने ।
  • कार्यालयका कर्मचारीहरुको व्यक्तिगत विवरण, वार्षिक तलवी प्रतिवेदन, कार्य सम्पादन मूल्याङ्कन तथा सम्पत्ति विवरण सम्वन्धी आवश्यक कार्य गर्ने ।
  • सवारी साधनको खरीद, मर्मत सम्भार, उचित व्यवस्थापन, वितरण एवम् ईन्धन सम्वन्धी आवश्यक कार्य गर्ने गराउने ।
  • कार्यालयका वारेमा पर्न आएका विभिन्न उजुरी एवम् गुनासोहरुको छानविन गर्ने, गराउने सम्वन्धी आवश्यक कार्य गर्ने ।
  • कर्मचारीहरुको वार्षिक तलवी प्रतिवेदन, कार्य सम्पादन मूल्याङ्कन तथा सम्पत्ति विवरण सम्वन्धी आवश्यक कार्य गर्ने ।
  • स्टाफ वैठक सम्वन्धी कार्य गर्ने ।
  • मन्त्रालयबाट लगायत विभिन्न निकायबाट परिपत्रहरु सम्वन्धी कार्य गर्ने ।
  • विभिन्न निकायमा पु-याउनु पर्ने सामानहरुको ढुवानी वा आपूर्ती व्यवस्था गर्ने ।
  • सरकारी घरजग्गा र भवन सम्वन्धी कार्य गर्ने ।
  • सम्मानित सर्वोच्च तथा उच्च अदालतद्धारा प्रदेश तहका लागि भएका शिक्षा सम्वन्धी फैसला तथा कानुनी सिद्धान्त कार्यान्वयन गर्ने खाका वनाइ पेश गर्ने ।
  • शाखाको वार्षिक, चौमासिक, मासिक प्रगति विवरण तयार गर्ने ।
  • शाखा प्रमुखबाट तोकिए वमोजिमका अन्य कार्य गर्ने ।

तथ्याङ्क अधिकृत (रा.प.तृतीय श्रेणी, विविध) अनुसन्धान तथा तथ्याङ्क शाखा

  • एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMES) र राष्ट्रिय ढाँचा (National Standard) सँग तादाम्य हुने गरी प्रदेश भित्रका विद्यालय र उच्च शिक्षा तहको शैक्षिक तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन तथा अध्यावधिक गर्ने गरी एकीकृत शैक्षिक सूचनाको विकास गर्ने ।
  • प्रदेश र स्थानीय तहका सवै शैक्षिक विषयका तथ्याङ्क एवम् सूचनाहरुलाई एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा व्यवस्थापन गरी कार्यान्वयन गर्न संघको सम्वन्धित निकायले उपलव्ध गराएको राष्ट्रिय ढाँचा (National Standard) मा तथ्याङ्कको प्रविष्टि, खण्डकीकृत तथ्याङ्कको विश्लेषण तथा व्यवस्थापन गर्ने ।
  • विद्यालय शिक्षा सम्वन्धी विश्वव्यापी अनुगमन प्रतिवेदन लगायत अन्तराष्ट्रिय माञ्चमा उपलव्ध गराउनुपर्ने नियमित सूचकगत प्रतिवेदनहरुको मस्यौदा तयारी गर्ने काममा सहयोग गर्ने ।
  • शिक्षा विकास निर्देशनालय र सामाजिक विकास मन्त्रालयलाई आवश्यक पर्ने तथ्याङ्कहरु तोकिएको ढाँचामा उपलव्ध गराउने ।
  • विद्यालय शिक्षा सम्वन्धी विश्वव्यापी अनुगमन प्रतिवेदन लगायत अन्तराष्ट्रिय मञ्चमा उपलव्ध गराउनुपर्ने नियमित सूचकगत प्रतिवेदनहरुको मस्यौदा तयारी पेश गर्ने ।
  • विद्यालय समुदाय तह देखि राष्ट्रिय तहसम्मका शैक्षिक गन्तव्य सूचकहरु (Education Indicator and banchmarks) को विकास गर्ने काममा प्राविधिक तयारीका कामहरुमा सहयोग गर्ने ।
  • सवै तह र प्रकारका विद्यालयहरु एवम् संस्थाहरुसंग सम्वन्धित सूचनाहरुको संकलन गर्न विविध शैक्षिक फाराम तथा विधिहरुको विकास, परिमार्जन र सोको वारेमा प्रदेश र स्थानिय तहलाई माग एवम् आवश्यकताको आधारमा प्रवोधिकरण गर्ने काममा सहयोग गर्ने ।
  • आवधिक शैक्षिक प्रतिवेदनका मस्यौदाहरु तयार गरी पेश गर्ने ।
  • प्रादेशिक शिक्षा विकास केन्द्र लगायत अन्य कार्यालयहरुका योजना निर्माण र अन्य कार्यहरुका लागि व्यवस्थित तथ्याङ्क एवम् सूचनाहरुका उपलव्ध गराउने ।

लेखा अधिकृत (रा.प.तृतीय श्रेणी, लेखा) अनुसन्धान तथा तथ्याङ्क शाखा

  • निर्देशनालयको साधारण तर्फको वजेट तथा कार्यक्रम तयार गर्ने र आयोजना तर्फको चालू र पूँजिगत तर्फको वजेट तथा कार्यक्रम तयार गर्न सहजीकरण गर्ने ।
  • स्वीकृत कार्यक्रमको वजेट उपशीर्षक स्रोतगत वजेट वाँडफाँड तयार गर्ने, निकाशा फुकुवाको आवश्यक व्यवस्था गर्ने नियमित रुपमा लेखा विवरण प्राप्त गर्ने ।
  • स्वीकृत वजेट रकम मध्येबाट कार्यक्रमको रकम निकासा तथा भुक्तानी दिने सम्वन्धी कार्यहरु गर्ने ।
  • आर्थिक कारोवारको नियमित लेखा राख्ने र आर्थिक वितरण तयार पार्ने ।
  • पेश्की फर्छ्यौट गर्ने गराउने सम्वन्धी कामहरु गर्ने ।
  • निर्देशनालयको आन्तरिक र अन्तिम लेखा परीक्षण गराउने लगायतका कार्यहरु गर्ने ।
  • विभिन्न आयोजनाहरुको तोकिए पारी सम्वन्धित निकाय समक्ष पेश गर्ने ।
  • वैदेशिक ऋण तथा अनुदान सहयोगको हिसाव दुरुस्त राख्ने ।
  • दातृ संस्थाहरुलाई सम्झौता वमोजिम आर्थिक वितरण, वित्तीय प्रगति प्रतिवेदन लागयत खर्चको हिसाव पेश गर्ने र सोधभर्ना गर्ने ।
  • संयुक्त कोष अन्तर्गतका विशेष खाताहरुबाट परियोजनाको खर्च परिचालन गर्ने, सोझै भुक्तानी सम्वन्धी हिसाव राख्ने र सम्वन्धित दातृ निकायसँग रकम माग गर्ने व्यवस्था मिलाउने सोधभर्ना गर्ने ।
  • शाखालाई तोकिएका कार्यक्रमहरुको वार्षिक वजेट तर्जुमा, आवधिक प्रगति प्रतिवेदन तयार गरी सम्वन्धित शाखामा प्रस्तुत गर्ने ।
  • निर्देशनालयको सार्वजनिक वित्तिय व्यवस्थापनसँग तथा आर्थिक अभिलेख व्यवस्थापनसँग सम्वन्धित कार्यहरुमा मापदण्ड तयारी  तथा सहजीकरणको कार्यहरु गर्ने र सम्वन्धित निकायसँग समन्वय गर्ने ।
  • कार्यक्रम कार्यान्वयनको सर्न्दभमा आवश्यक राय परामर्श दिने ।
  • प्रचलित आर्थिक कार्यविधि ऐन तथा नियमावली लगायतका कानुन वमोजिम लेखा प्रमुखले गर्नुपर्ने भनी तोकिएको कार्यहरु गर्ने ।
  • निर्देशकबाट तोकिए वमोजिमको अन्य कार्य गर्ने ।

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन), अनुसन्धान तथा तथ्याङ्क शाखा

  • शैक्षिक अनुसन्धान तथा परीक्षणका लागि प्राविधिकहरुको सहयोगमा कार्य शर्त (TOR) निर्माण गरी स्वीकृतिका लागि पेश गर्ने कार्यहरु सहयोग गर्ने ।
  • अनुसन्धान तथा परीक्षणका लार्य परामर्श सेवा वा विशेषज्ञहरुको संलग्नतामा गराई प्रतिवेदन पेश गर्ने कार्य गर्ने ।
  • शैक्षिक अनुसन्धानात्मक लेख तथा रचनाहरु प्रकाशन सम्वन्धी कार्य गर्ने ।
  • शाखासँग सम्वन्धित वार्षिक कार्यक्रमको मस्यौदा वनाइ पेश गर्ने ।
  • अध्ययन अनुसन्धानबाट प्राप्त प्रतिवेदनहरु प्रवोधिकरण गर्ने ।
  • प्रदेश र स्थानिय तहमा सवै शैक्षिक विषय का तथ्याङ्क एवम् सूचनाहरुलाई एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्राणालीमा व्यवस्थापन गरी कार्यान्वयन गरी कार्यान्वयन गर्ने क्रममा प्राविधिक सहयोग गर्ने।
  • शिक्षासँग सम्वन्धित गुणस्तरीय शैक्षिकसूचना व्यवस्थापन प्रणालीका लागि आवश्यकता आधारमा विभिन्न परीक्षणका कार्यक्रमहरुको मस्यौदा तयार गर्ने र पेश गर्ने ।
  • कार्यक्रम व्यवस्थापन प्रणाली शैक्षिक सूचना व्यवस्थापन प्रणाली तथा आर्थिक सूचना व्यवस्थापन प्रणालीहरुबाट उपलव्ध सूचनाहरुको आधारमा सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता विश्लेषण गरी कार्यक्रमहरुमा उचित सुधार ल्याउन उपलव्धिको समिक्षा गर्ने गराउने ।
  • प्रदेशका निकायहरु तथा स्थानीय तहलाई समेत आवश्यक पर्ने शैक्षिक सूचनाको सहज उपलव्धताको व्यवस्था मिलाउने ।
  • यस समय समयमा सम्वन्धित प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि सम्वन्धी कार्यशाला सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने ।
  • शैक्षिक सूचाङ्कहरुको प्रभावकारीताको विश्लषण गर्ने, गराउने ।
  • विद्यालय नक्शाङ्कन सम्वन्धी कार्यहरुमा सहयोग गर्ने ।
  • विद्यालय देखि केन्द्रसम्मको नेटवर्किङ (Net-working)  स्थापना तथा वेभमा आधारित शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Web Based EMIS) विकास सम्वन्धी प्राविधिक तयारीका कार्यहरुमा सहयोग गर्ने ।
  • उपसचिवबाट तोकिएका अन्य कार्यहरु गर्ने ।

लेखापाल (रा.प.अनं.प्रथम श्रेणी, लेखा), आर्थिक प्रशासन शाखा

  • निर्देशनालयको चालु र पूँजिगत तर्फको वजेट तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने ।
  • निर्देशनालयको आर्थिक कारोवारको नियमित लेखा राख्ने र प्रतिवेदन तयार गपारी सम्वन्धित निकायमा पठाउने ।
  • निर्देशनालय कार्यन्वयन गर्ने निकाय भै सञ्चालन भएका शिक्षा सम्वन्धी आयोजना तथा परियोजनाको आन्तरिक र अन्तिम लेखापरीक्षण सम्वन्धी कागजात दुरुस्त राख्ने ।
  • वेरुजु लगत राख्ने एवम् फर्छ्यौट  गरी सम्परीक्षण गराउने ।
  • वैदेशिक ऋण तथा अनुदान सहयोगको हिसाव दुरुस्त राख्ने र लेखा परीक्षण गराउने ।
  • केन्द्रस्तरको आर्थिक विवरण तयार गर्ने ।
  • दातृ संस्थाहरुलाई सम्झौता  वमोजिम आर्थिक विवरण, वित्तीय प्रगति  प्रतिवेदन लगायत खर्चको हिसाव पेश गर्ने र सोधभर्ना माग गर्ने ।
  • शाखालाई तोकिएको कार्यक्रमहरुको वार्षिक वजेट तर्जुमा, आवधिक प्रगति प्रतिवेदन मस्यौदा तयार गरी पेश गर्ने ।
  • लेखा अधिकृतबाट तोकिएका अन्य कार्यहरु गर्ने गराउने ।

प्राविधिक सहयायक (रा.प.अंन. प्रथम श्रेणी, शिक्षा/शिक्षा प्रशासन)-८ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

     आफुलाई काम गर्न तोकिएको शाखामा रही प्रा.स. ले गर्ने कामहरु देहाय वमोजिमका मध्येबाट हुनेछन् ।

  • आफुलाई काम गर्न तोकिएको शाखाको कार्य विवरण सम्वन्धी कार्य सम्पादनका क्रममा शाखा प्रमुख र अधिकृतलाई व्यवस्थापकिय तथा प्राविधिक सहयोग गर्ने ।
  • तोकिएको शाखामा प्रदेश, स्थानीय तह र अन्य निकायबाट प्राप्त विवरण संकलन गरी मासिक चौमासिक वार्षिक प्रगति तयार गर्न सहयोग गर्ने ।
  • शाखामा प्राप्त पत्र र फाइल वुझिलाई सम्वन्धित अधिकृत समक्ष पेश गर्ने।
  • शाखागत दर्ता तथा चलानी गर्ने ।
  • कार्य सम्पादन पश्चात चिठ्ठिपत्र फाइलिङ्ग गर्ने र माग भएको अवस्थामा सम्वन्धित अधिकृत समक्ष पेश गर्ने ।
  • शाखासँग सम्वन्धित पत्र, टिप्पणी फाइल सुरक्षित गर्ने ।
  • शाखाबाट चलानी गरिएका पत्र तथा फाइलहरु अन्य शाखा तथा निकायलाई दिनु पर्दा भर्पाइ गराइ सो भर्पाइ सुरक्षित गर्ने ।
  • निर्देशकको निजी सचिवालयमा तोकिएका कार्यहरु गर्न ।
  • तोकिए वमोजिमका अन्य कार्य गर्ने ।

नायव सुव्वा (रा.प.अंन. प्रथम श्रेणी, सामान्य प्रशासन)-३ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

आफुलाई काम गर्न तोकिएको महाशाखा वा शाखामा रही ना.स.ले गर्ने कामहरु देहाय वमोजिमका मध्यबाट हुनेछन् ।

  • निर्देशनालयमा कार्यरत निजामति कर्मचारीहरुको पदस्थापन, करार, काज, सरुवा, पदोन्नति, राजीनामा, अवकाश, दण्ड-सजाय, पुरस्कार तथा कारवाही एवम् क्षमता विकास सम्वन्धी कार्यमा तोकिए वमोजिमका कार्यहरु गर्ने ।
  • निर्देशनालयमा कार्यरत सवै प्रकारका कर्मचारीहरुको अभिलेख व्यवस्थापन गर्ने ।
  • सुरक्षा सरसफाइ तथा चमेनागृह व्यवस्थापन सम्वन्धी कार्य गर्ने ।
  • स्टाफ वैठकको तयार र सञ्चालनमा सहजीकरण गर्ने ।
  • आफ्नो कार्यसँग सम्वन्धित पत्र फाइल वा अभिलेख पेश गर्ने र निर्णय भै आएपछि कार्यान्वयन गर्ने तथा आफ्नो जिम्मा लिइ संरक्षण गर्ने ।
  • निर्देशनालयका कर्मचारीहरुको सालवासली कार्य सम्पादन मूल्याङ्कन फाराम र सम्पत्ति विवरण निर्धारित फाराम अनुसार भराई तोकिएकै समयमा सम्वन्धित निकायमा वुझाउने व्यवस्था सम्वन्धी कार्यहरु गर्ने ।
  • निर्देशनालयका कर्मचारीहरुको वार्षिक तलवी प्रतिवेदन सम्वन्धित निकायबाट पारित गराउने कार्यमा सहयोग गर्ने ।
  • मन्त्रालय र अन्य निकायबाट प्राप्त परिपत्रहरु सम्वन्धि कार्य गर्ने ।
  • निर्देशनालयको मूल दर्ता चलानी सम्वन्धी कार्य गर्ने ।
  • स्वीकृत कार्यक्रम र वजेट अनुसार केन्द्रबाट खरिद गर्नुपर्ने जिन्सी सामान तथा परामर्श सेवाको खरिद सम्वन्धी प्रोक्युरमेन्ट योजना वनाउन सहयोग गर्ने ।
  • खरिद भएका सामग्रीको स्टोर दाखिला, सो को रेखदेख, मर्मतसम्भार वितरण एवम् लिलाम मिनाह सम्वन्धी कार्य गर्ने ।
  • मातहत निकायमा पु-याउनु पर्ने सामानहरुको ढुवानी वा आपूर्ति व्यवस्थापन गर्ने ।
  • छपाई सम्वन्धी तोकिएका कार्यहरु गर्ने ।
  • सरकारी घरजग्गा सम्वन्धी कार्य गर्ने ।
  • शाखाको वार्षिक, चौमासिक, मासिक, प्रगति विवरण तयार गर्ने ।
  • निर्देशकको कार्यालयमा प्राप्त पत्र दर्ता गरी पेश गर्ने ।
  • विभिन्न शाखाबाट प्राप्त टिप्पणी फाईलहरु दर्ता गरी पेश गर्ने ।
  • तोक आदेश भएका पत्र तथा फाइलहरु सम्वन्धित शाखा तथा पदाधिकारीलाई वुझाउने ।
  • निर्देशकको निजी सचिवालयमा तोकिएको कार्यहरु गर्ने ।
  • तोकिए वमोजिम अन्य कार्य गर्ने ।

कम्प्युटर अपरेटर (रा.प.अंन. प्रथम श्रेणी, विविध)-२ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

काम गर्न तोकिएको शाखामा रही कम्प्युटर अपरेटरले गर्ने कामहरु देहाय वमोजिम हुनेछनः

  • तोकिएको शाखासँग सम्वन्धित कम्प्युटरमा प्रविष्ट गर्नु पर्ने, चिठ्ठी पत्र तयार पार्नु पर्ने र प्रपन्ट गर्ने पर्ने काम गर्ने ।
  • शाखाको दैनिक कार्य सञ्चालनमा सहयोग पु-याउने र सो सम्वन्धी अभिलेख अद्यावधिक राख्ने ।
  • आफ्नो कार्यसँग सम्वन्धित पत्र फाइल वा अभिलेख पेश गर्ने तथा आफ्नो जिम्मा लिई संरक्षण गर्ने ।
  • निर्देशक र सम्वन्धित शाखा प्रमुखबाट तोकिए वमोजिम अन्य कार्यहरु गर्ने ।

कार्यालय सहयोगी (श्रेणी विहीन)-३ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

  • कार्यालय समय अगाडी नै उपस्थित भै आफ्नो जिम्माको ढोका खोल्ने कार्य गर्ने ।
  • कार्यालय समय सकिए पछि सवै झ्याल ढोका वन्द गरी मूलढोका वन्द गर्ने ।
  • कार्यालयका फाइलहरु सम्वन्धित शाखाबाट निर्देशक, उप-महानिर्देशक, महानिर्देशककोमा लाने ल्याउने कार्य गर्ने ।
  • चिठ्ठी पत्र हुलाक लाने काम गर्ने ।
  • धारा, विजुली, टेलिफोन  रकम वुझाउन जाने काम गर्ने ।
  • कार्यालय परिसरमा भएका वोट विरुवा तथा फुल विरुवाहरुको रेखदेख गर्ने ।
  • आवश्यकता अनुसार पालो पहरा समेतको काम गर्ने ।
  • कार्यालयको सरसमानको रेखदेख गर्न पालो पहराको काम गर्ने ।
  • कार्यालयको अन्य परि आएको कामहरु गर्ने ।
  • निर्देशक तथा मातहतका कर्मचारीहरुबाट तोकिए वमोजिमका अन्य काम गर्ने ।

हलुका सवारी चालक (श्रेणी विहीन)-२ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

  • आफूले चलाउने गाडीको संरक्षण गर्ने र चालु अवस्थामा राख्ने ।
  • गाडीको सरसफाइ नियमित रुपमा गर्ने ।
  • गाडी सुरक्षित ठाउँमा मात्र पार्किङ्ग गर्ने ।
  • गाडीमा खरावी देखिएमा तुरुन्त निर्देशक वा सम्वन्धित उपसचिव वा प्रशासन हेर्ने शाखा अधिकृतलाई जानकारी गारउने ।
  • गाडी मर्मत गराउनु पर्ने भएमा सोको निवेदन गरी, इष्टिमेट गराई पेश गर्ने ।
  • इन्धनको प्रयोगमा सकेसम्म मितव्ययिता गर्ने ।
  • तोकिए वमोजिम अन्य कार्यहरु गर्ने ।